वन र वातावरणका ३२ ले जिते

वन तथा वातावरण क्षेत्रमा क्रियाशिल विभिन्न जिल्लाका ३२ उम्मेदवारले स्थानीय निर्वाचनमा जित हासिल गरेका छन् । निर्वाचनमा नगरपालिका मेयर, उपमेयर गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष, सदस्य पदमा जित हासिल गरेका छन् । विजयी हुनेमा सबैभन्दा धेरै नेकपा एमालेका उम्मेदवार रहेका छन् ।

को को छन् वन तथा वातावरण क्षेत्रमा कार्यरत विजयी उम्मेदवार :

छ्त्रराज पौडेल


नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका, नेकपा एमालेका छ्त्रराज पौडेल मेयरमा निर्बाचित
उनी सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्य तथा वन अधिकार कर्मीका रुपमा काम गर्दै आइरहेका थिए ।

ललिता अधिकारी


गोर्खा जिल्ला गण्डकी गाउपालिका नेपाली कांग्रेसबाट ललिता आधिकारी उपप्रमुखमा बिजयी
उनी फेकोफन गोर्खा जिल्ला महासंघकी सदस्य रहेकी थिइन् ।

सरस्वती खड्का


काठमाडौं जिल्ला किर्तिपुर नगर पालिकाकी नेकपा एमालेको तर्फबाट सरस्वती खड्का उपमेयर मा बिजयी
उनीसामुदायिक वन उपभोक्ता महासंघ नेपाल काठमाडौं जिल्ला महासंघको सदस्य रहेकी थिइन् ।

गिता तिवारी


नवलपरासी जिल्लाको देबचुलि नगरपालिकामा नेकपा एमालेको तर्फ बाट गिता तिवारी उपमेयर पदमा निर्वाचित
उनी प्राकृति श्रोतमाथी महिला अधिकार स्थापितको लागि संघर्षरत थिइन् ।

लालबहादुर महातारा


जाजरकोटको छेडागाढ नगरपालिकाका नेकपा एमालेका लालबहादुर महातारा मेयरमा निर्वाचित

उनी जाजरकोटको फेकोफन जिल्ला अध्यक्ष रहेका थिए ।

 

स्याङ्जाको आँधिखोला गाउँ पालिकाको उपप्रमुखमा नेकपा एमालेको तर्फबाट सर्मिला पौडेल निर्बाचित
उनी फेकोफन स्याङ्जाको महासचिव रहेकी थिइन् ।

गुमानध्वज कुंवर


काभ्रे जिल्लाको भुम्लु गाउंपालिकामा नेकपा एमालेको तर्फबाट गुमानध्वज कुंवर प्रमुखमा निर्बाचित
उनी सामुदायिक वन उपभोक्ता महसंघ नेपाल काभ्रे जिल्लाको पुर्ब अध्यक्ष रहेका थिए ।

मन्जु देबकोटा


सिन्धुली जिल्ला कमलामाई नपाकामा नेकपा एमाले को तर्फबाट मन्जु देबकोटा उपमेयर पदमा निर्वाचित
उनी सामुदायिक बन उपभोक्ता महासंघका पुर्ब उपाध्यक्ष रहेकी थिइन् ।

कमला बस्नेत


सामुदायिक बन उपभोक्ता जिल्ला माहासंघ दोलखाका स्थानिय तह को निर्बाचनमा निर्बाचित हुनुभएका उम्मेदवारमा कमला बस्नेत, उपमेयर, भिमेश्वोर नगरपालिका
चेतबहादुर खड्का, वडा अध्यक्ष, कलिन्चोक गाउँपालिका, वडा नं ७
झलक कार्की, वडा अध्यक्ष, गौरीशंकर गाउँपालिका, वडा नं १
मनमाया जिरेल, नगर सदस्य, जिरी नगरपालिका, वडा नं ६

अशाेक ब्यन्जु


चुरे बाताबरण संरक्षण र ब्यबस्थापन मा जनताको अधिकार हुनु पर्छ भनी सामुदायिक वन उपभोक्ता महासंगको सकार्यमा स्थानिय महासंघको तर्फबाट महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आइरहनुभएका अशाेक ब्यन्जु नेकपा एमालेको तर्फबाट धुलिखेल नगर पालिकाको मेयरमा र निल कन्ठ नगर पालिकाको मेयरमा भिम प्रसाद ढुंगाना बिजयी भएका छन् ।

मकवानपुरको हेटौंडा वडा नं ६ को सदस्य पदमा नेकपा एमालेकी कल्पना बिश्वकर्मा निर्बाचित

यसैगरी पारिवारिक नीजि वनसँग आवद्ध रहेका विभिन्न व्यक्तिहरुले जित हासिल गरेका छन् ।

तनहु जिल्ला शुक्ला गण्डकी नगरपालिकामा नेकपा एमालेकी सविता रसाइली उपमेयर पदमा विजयी भएकी छिन् ।

विमला कुमारी शाही


त्यस्तै हुम्ला जिल्ला चंखेली गाउँपालिका मा नेकपा एमालेकी विमला कुमारी शाही उपप्रमुख पदमा बिजयी भएकी छिन् ।

बग्लुङको बराङ गाउँपालीका प्रमुखमा मेहर सिं पाइजा, सदस्यमा रविलाल रेग्मी, कमलबहादुर केसि बिजयी भएका छन् । रसुवाको कालिका गाउँपालिकाबाट सावित्रि पुडासैनी, लमजुङको सुन्दरबजार नगरपालिकाबाट लोकराज अधिकारी, कृष्ण कान्त अधिकारी विजयी भएका छन् ।

म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेकी उपप्रमुखमा खरमाया विटालु, कालिकोटको त्रिवेणी गाउँपालिका वडा नं ५ बाट वडासदस्य महेन्द्र बम निर्वाचित भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics