झापामा लोपन्मुख प्रजातिको अजिङ्गर देखियो



झापामा लोपन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।बुधबार भद्रपुर नगरपालिका–३ झिलमिले खोला नजिक पाइथन मोलुरस अजिङ्गर फेला परेको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिइ जिल्ला बन कार्यालयमा बुझाएको हो ।करिब चार इन्च गोलाइ र नौ फिट लम्बाइ भएको उक्त अजिङ्गरको स्वास्थ्य परिक्षण गरि बासइस्थान मै छोडिने जिल्ला बन अधिकृत बोधराज सुबेदी बताए ।

दुर्लब प्रजातिको मनिएको मोलुरस अजिङ्गर समय समय मा झापाका विभिन्न नर्सरी,बनमा देखिरहने गरेको सुबेदीले बताउछन।

गर्मि बढे सगै तराइ क्षेत्रमा अजिङ्गर देखिरहने गरेको छ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics