प्रिमनसुन सकिन लाग्दा वर्षा

स्थानीय रूपमा विकास भएको मौसम प्रणालीमा बदलि भएकाले राजधानी सहित देशको विभिन्न भागमा वर्ष भएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार यो प्रि मनसुनको नै गतिविधि भएको जनाएको छ ।

मौसमविद् मीन कुमार अर्यालको अनुसार नेपालको मध्य र पूर्वभागमा प्रि मनसुनको अन्तिमा भएकोले वायु मण्डलको तल्लो सतहबाट जलबाष्प आइरहेकोे छ ।
यो साताभरी मौसममा वर्षा हुने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सामान्यतय नेपाल (१० जुन) जेठ अन्तिमा तिर मनसुन सुरु हुन्छ । तर केही वर्षयता मनसुन पछाडि सर्न गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics