सामुदायिक वनको राजश्व ५ करोडले घट्यो

यो आर्थिक वर्षमा सामुदायिक वनबाट हुने राजश्व गत वर्षभन्दा ५ करोडले कम भएको छ । गत आर्थिक वर्ष २०७२/७३ मा सात करोड रुपैया“ राजश्व प्राप्त गरेकामा चालु आर्थिक वर्षको १० महिनामा जम्मा एक करोड ९१ लाख रुपैयामात्र राजश्व जम्मा गरेको हो । आइतबार जारी आर्थिक सर्वेक्षणमा वनक्षेत्रले गरेको आम्दानीमा विस्तृत उल्लेख छ ।
चालु आर्थिक वर्ष को दस महिना सम्म बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका अन्य काठहरुको बिक्रीवितरण बाट उक्त रकम सङ्कलन भएको बन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए  ।

विभागले सामुदायिक वनबाट आम्दानी भएको रकम समुदायलाई नै दिँदै आएको छ । तर बहुमूल्य काठको बिक्री वितरणबाट जम्मा भएको रकमको १५ प्रतिशत भने सम्बन्धित जिल्ला वन कार्यालयमा सामुदायिक बनले बुझाउदै आएका छन् ।

विसं २०३० मा सामुदायिक वनको अवधारणा सुरु भएको मा हाल नेपालमा १९ हजार ३६१ सामुदायिक वन छ । अहिलेसम्म मुस्ताङ बाहेक सबै जिल्लामा सामुदायिक वन छ । सामुदायिक वनबाट हाल २४ लाख ६१ हजार ५४९ घरधुरीका परिवार लाभान्वित भएका छन् ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics