नौ महिनामा १ खर्ब २७ अर्बको खाद्यान्न आयात

२०७४/७५ आर्थिक सर्वेक्षणमा यस आर्थिक वर्षमा खाद्यान्न को उत्पादन १३ प्रतिशतले वृद्धि हुने देखीएको छ ।सर्वेक्षणले देखाए अनुसार नतिजा हासिल भएमा चालु आव मा धान, मकै, गहुँ, कोदो, जौ र फापर खाद्यान्नको उत्पादन ९७ लाख ४१ हजार टन पुग्ने खाद्यान्न उत्पादन बढ्दै गएको सर्वेक्षणले देखाए पनि कृषि उपजको आयात पनित्यही अनुपातले हरेक वर्ष बढ्दो छ ।

अर्थ मन्त्रालयद्वारा जारी आठ महिनाको तथ्यांक समेटिएको आर्थिक सर्वेक्षण अनुसार हरेक वर्ष कृषि उत्पादनमा वृद्धि गरिरहँदा कृषितर्फको निर्यात भने १२.८ प्रतिसत छ भने २१.६९ प्रतिशतले कृषिजन्य वस्तु आयात गरिएको छ ।चालु आर्थिक वर्षको पहिलो नौ महिना नेपालीहरूका लागि विभिन्न मुलुकबाट १ खर्ब २७ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो ।

सर्वेक्षणले धानको उत्पादन गत वर्षको दाँजोमा यस वर्ष २१ दशमलव ६ प्रतिशतले वृद्धि भई ५२ लाख ३० हजार टन पुग्ने अनुमान गरेको छ । अघिल्लो वर्ष ४२ लाख ९९ हजार टन धान उत्पादन भएको थियो । त्यस्तै दोस्रो मुख्य बाली मानिने मकैको उत्पादन यस वर्ष ३ दशमलव ९७ प्रतिशतले बढेर २३ लाख २० हजार टन, गहुँको उत्पादन ६ प्रतिशतले बढेर १८ लाख ४१ हजार टन, कोदो १.२६ प्रतिसतले बढेर लाख ६ हजार टन, जौ ३ लाख २१ हजार टन, फापर १ लाख १९ हजार टन पुग्ने अनुमान छ ।

नेपाल मा कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टर रहेकामा १७ लाख ६६ हजार हेक्टरमा मात्रै सिँचाइ सुबिधा पुगेको समेत सर्वेक्षण मा देखाइएको छ ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics