जीडीपी मा कृषिको योगदान घट्यो

सरकारले सनिबार सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण अनुसार यस वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २ दशमलव २ प्रतिशतले घटेर ३३ दशमलव ३ भएको छ ।सर्वेक्षण अनुसार कृषिको योगदान गत वर्ष ३१ दशमलव १ प्रतिशत थियो भने त्यसअघिको वर्ष ३२ दशमलव १२ प्रतिशत थियो ।

कृषिमा विभिन्न किसिमका लगानी अनुदान र बजेट बढदा पनि पछिल्लो तिन वर्षमा जीडीपी मा कृषिको योगदान भने ओरालो लाग्दै गएको देखिन्छ । अघिल्लो वर्षको सर्वेक्षणले ‘कृषि क्षेत्रको वार्षिक वृद्धिदर अपेक्षाकृत सन्तोषजनक हुन नसकेको’ उल्लेख गरेको थियो ।

प्राकृतिक प्रकोप अन्तर्गत बाढीका कारण एक लाख सत्ताइस हजार एक सय अन्ठाउन्न हेक्टर क्षेत्रफल मा क्षति पुगेको हो । साथै कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टर रहेकामा १७ लाख ६६ हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ ।कृषिजन्य प्रविधिमा सहुलियत भए पनि कृषकमा जानकारी नभएको र रासायनिक मल को उच्चतम प्रयोग का कारण समेत कृषि क्षेत्र को बृदिदर कम भएको प्रतिवेदन मा उल्लेख छ ।

रासायनिक मलको यस्तो छ प्रयोग दरको अवस्था(प्रतिहेक्टर)

आब २०६९-७०                                    = ५७ केजी
आब २०७०-७१                                    = ७५ केजी
आब २०७२-७३                                    = ९५ केजी
आब २०७३-७४ को ८ महिना सम्म = ४५ केजी

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics