असार पहिलो सातानै मनसुन , चुनाव अस्तव्यस्त हुने संकेत



मध्य असारमा स्थानीय तहको दोस्रो चरणको चुनावको मिति तय गरेपछि चुनावी पक्रिया मनसुनकौ कारण अस्तव्यस्त हुने देखिएको छ ।मौसमविदहरुको अनुसार यो वर्ष असारको पहिलो सात भित्रै मनसुन भित्री सक्ने छ ।यो वर्ष भारतको केरलामा बुधवारै मनसुन भित्री सकेकाले गत वर्षभन्दा केही दिन अघि नै मनसुन भित्रिन सक्ने उनीहरूको धारणा छ ।केरलामा मनसुन भित्रिएको करिब १० दिनमा बङ्गलादेश हुँदै नेपाल प्रवेश गर्छ ।

झापादेखि पश्चिमसम्म मनसुन फैलन एक साता लाग्ने भएकाले १४ असारसम्म देशैभर मनसुन सक्रिय भई वर्षा हुनसक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन् ।  दोस्रो चरणअन्तर्गत् पूर्वका पहाडी क्षेत्रसहित झापादेखि कञ्चनपुरसम्मका तराईका जिल्ला र सूदूरपश्चिमका पहाडी जिल्लामा चुनाव हुँदैछ । मनसुनको कारण चुनावमा भोट हाल्न जाने आउने सर्वसाधारणलाई समस्या पर्ने देखिन्छ । अर्काे तर्फ रोपाईको समय भएकोले मनसुनको असर चुनावमा देखिन्छ ।जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले यो वर्षको मनसुन पनि केहिदिन तलमाथि हुनसक्ने आकलन गरे । ‘अघिल्लो वर्ष पाच दिन ढिलो प्रवेश भएको थियो,’ उनले भने, ‘यो वर्ष पनि केही दिन तल माथि हुन सक्छ । गत वर्ष ३ असारमा झापा हुँदै मनसुन सुरु भएको थियो ।

लामो वर्षासंगै पहिरोको जोखिम बढ्नाका साथै खोलाको सतह बढ्ने भएका कारण सावधानी अपनाउन मौसमविद्हरुको सुझाव छ ।

सामान्यतया नेपालमा जेठ २७ (जुन १०) सम्ममा मनसुन प्रवेश हुने र २३ सेप्टेम्बरमा सकिने गरेको छ । तर, पछिल्ला केही वर्ष यता ढिलो प्रवेश हुने र ढिलै सकिने गरेको देखिन्छ ।दसौँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले नेपालको सूदूरपश्चिम र मध्यपश्चिमका अधिकांश भागमा सरदरभन्दा कम वर्षा हुने आ“कलन गरेको छ । अप्रिलमा भुटानको थिम्पुमा भएको मञ्चको बैठकले मध्य र पूर्वी भागमा भने सरदर वर्षा हुने प्रक्षेपण गरेको छ । सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समय (३० वर्ष) को औसत वर्षा बुझिन्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशत सम्मको वर्षालाई सामान्य वर्षा भनिन्छ । मनसुन सुरु हुनु अघि दक्ष्ँिण एसिया क्षेत्रका मौसमविद मनसुनसम्वन्धि साझा दृष्टिकोण बनाउन सन् २०१० देखि भेला हुने गरेका छन् । दसौँ बैठकले दक्षिण एसियाली मनसुनलाई मुख्य प्रभाव पार्ने एलनिनोको अवस्था सक्रिय रहेको र मनसुनको उत्तरार्धतिर एलनिनो कमजोर भई तटस्थ अवस्थामा हुने अनुमान गरिएकाले अन्त्यतिर मुलुकभर मनसुनको प्रभाव बढ्नेसमेत प्रक्षेपण गरिएको छ

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics