मध्य असारको चुनाव किसानलाई घाँडो

तस्विर : पाथ्स फाउन्डेसन


सरकारले मानो रोपेर मुरी फलाउने समयमा स्थानीय निर्वाचन गराउन लाग्दा किसानहरु निराश भएका छन् । सरकारले प्रदेश नं. १, २, ५ र ७ का लागि असार १४ गते निर्वाचन गर्ने घोषणा गरेपछि अधिकांश किसानहरू निराश भएका हुन् ।

निर्वाचनको मिति सारेको सार्‍यै गरेर सरकारले किसानलाई दुःख दिएको किसानहरूको बुझाइ छ । ग्रामीण भेगका अधिकांश जनता जेठ ३१ गते निर्वाचनमा भोट खसालेर खेतीमा लाग्ने तयारीमा थिए । तर, चुनाव सरेपछि उनीहरू अलमलमा परेका छन् । अधिकांश उमेद्वार हरू किसान छन् । उनी हरू बाध्य भएर पनि खेतमा पस्नै पर्ने हुन्छ।

१८ वर्ष पछि स्थानीय निकायको चुनाव जेठ ३१ मा हुन गहिरहेको थियो। सुनसरी का बराह नगरबासी हर्षित भएका थिए। चुनावी माहोल गाउमा बढिरहेको थियो। राजनीति गर्ने को त दैनिकी नै बन्थ्यो भने राजनीति दिक्क लाग्ने युवा हरुको पनि साझ मा भेट्ने बहस भने चुनाव केन्द्रित नै हुन्थ्यो।तर अहिले भने मध्य मनसुनमा कसरि भोट हाल्न जाने भन्ने विषय मा केन्द्रित हुन थालेको छ

तर, दोस्रो चरणको निर्वाचन असारको मध्य मनसुनमा सारिएपछि नगरबासी किसानको को हर्ष मात्र घटेन चुनावमा भोट हाल्न जाने नाजाने विषयमा समेत अन्योल परेको छ।

स्थानीय युवा बासु बराल सरकारले चुनावको मिति सरेको विषयमा आक्रोश व्यक्त गर्दै भने ‘ सरकारले विभिन्न बाहाना बाजी देखाएर मध्य मनसुन को बेला चुनाव घोषणा गरेर श्रमजीवि आम किसानहरू लाई ठाडै उपेक्षा गरेको छ।मध्य मनसुनको बेला किसान मतदानमा सहभागी हुन आउँछन् कि आउँदैनन्।भन्ने आसंका समेत उनले व्यक्त गरे।

मौसम विज्ञहरुले पनि यही साता देखि पूर्वी नेपाल बाट मनसुन सक्रिय हुने अनुमान गरेका छन् । असारको दोस्रो साता देशै भरि मध्य रोपाइको बेला पनि हो।

दीपक लिम्बु एमालेको तर्फबाट बराह ९ वडाध्यक्षका उमेद्वार छन् ।निर्वाचनको मिति असार १४ मा सारे पछि चुनावी बहसमा, ‘असारमा हामीले धान रोप्नु कि भोट माग्नु कि मत खसाल्नु ?’भन्ने जिज्ञासा पनि राख्दै थिए।

उमेद्वारलाई जिताउने प्रतिबद्धता गरेका स्थानीय नवीन गुरुङ लाई पनि धर्मसंकट परेको छ। उनी भन्छन्, ‘सरकारले धान रोप्ने बेलामा निर्वाचन घोषणा गर्‍यो। के गर्नु कुटो कोदालो नि गर्नु पर्‍यो; फेरी अब चुनाव मा खट्छु पनि भन्या छु ऐले चुनाव निल्नु न ओकल्नु भएको छ ।’

अधिकांश पहाड र तराईको भेगमा किसानहरू खेतीकिसानीमा व्यस्त हुने गर्दछन् । यस क्षेत्रका किसानहरूलाई दिउँसोको समय घरमा मुस्किलले भेटिन्छ ।प्रचण्ड गर्मीका बाबजुत पनि किसान खेतीमा व्यस्त छन् । कोही सूर्यमुखी व्यवस्थापन गर्दै । कोही मकै भाच्दै। केही किसान भने धानको बिउ राख्दै गरेको पनि भेट्टाइन्छन।

मतदाता बासु भट्टराई भन्छन् ‘ खेतमा काम गर्न छिरेका बेला उम्मेदवार आली आली भोट माग्न खेतमै आइपुग्छन ।

अर्का युवा मतदाता गङ्गा पोखरेल भने फरक धर बाटभन्दै थिए बर्खामा सरकारले चुनाव राखो धान पनि रोप्नु त पर्ने नै छ। सप्तकोशीमा बढीको त्रास पनि तेती बेला नै हो कोसी पारी (श्रीलंका टापु) १८० घरधुरी छन् त्यका मान्छे लेपो कसरि मतदान गर्छन्?नगरपालिकाको त हाल यस्तो छ झन् विकट पहाडी जिल्लामा कस्तो होला?'

सुनसरीको सप्तकोशी नदी बिचमा १८० घर धुरी छन् ।बाढी आउने समयमा चुनाव परेको बेला कोसी नदीको भेल सँग जुद्दै भोट दिन आउनु परेकाले मतादाता चिन्तित बनेका छन्। २०७३ असोज १ मा पनि शनिबार हाट भर्न आउँदा ढुङ्गा पल्टिएर ९ जना बेपत्ता भएका थिए जसको हाल सम्म पनि लास भेटिएको छैन ।

यस्तै समस्या मोरंग मा पनि रहेको बताउछन मोरंग केराबारीका युवा मतदाता रबिन सापकोटा 'अधिकांश मतादाता किसान छन् यसले गर्दा निर्वाचन कार्यक्रम समेत प्रवाभित हुन सक्छ।'

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics