नेपाल भयो ‘बर्डफ्लु’ मुक्त



सरकारले नेपाल बर्डफ्लु मुक्त देश भएको घोषणा गरेको छ । पशुपन्छी विकास मन्त्रालयले नेपालमा कतै बर्डफ्लुको समस्या नरहेको दावी गरेको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैमन्त्रालयका सचिव युवकध्वज जीसीले नेपाललाई बर्डफ्लु मुक्त मुलुकका रुपमा घोषणा गरेका हुन् ।
मन्त्रालयले पोखरा र सुनसरीमा पछिल्लो समयमा पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसारमा लगाएको प्रतिबन्ध र ती दुवै क्षेत्रमा घोषणा गरिएको संकटग्रस्त क्षेत्र पनि फुकुवा गरिसकेको छ । पछिल्लो समयमा दुई वर्षपछि २०७३ फागुन १२ गते पोखरा उपमहानगरको खाल्टे मसिनामा हाँसमा बर्डफ्युको संक्रमण भेटिएको थियो । यसैगरी सुनसरीको इटहरी नगरपालिकाको खनारमा पनि २०७३ फागुन २५ गते कुखुरामा बर्डफ्लुको संक्रमण फेला परेको थियो।

नेपालमा सबैभन्दा पहिले २०६५ मा झापाबाट वर्डफ्लुको संक्रमण फैलिएको थियो । यसको प्रकोप अघिल्लो आर्थिक वर्ष २०७०/७१ सम्ममा देखापरेको थियो । यो रोग विश्वका ७७ वटा मुलुकमा देखापरिसकेको छ । हालसम्म यो रोगबाट आठ सय ५९ जना संक्रमणमा परी चार सय ५३ जनाको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म बर्डफ्युका कारण कसैको मृत्यु भने भएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics