राजकुमार र रानीलाई वन्यजन्तुका अंग उपहार

फाइल फोटो


सरकारले वन्यजन्तुका अंग (आखेटोपहार) विभिन्न देश तथा त्यहाँका उच्चपदस्थ व्यक्तिलाई पनि उपहार दिइरहेको छ । सबैभन्दा धेरै यस्तो उपहार साउदी अरबका राजकुमारले पाएका छन् । साउदी राजकुमार खलिद विन सुल्तान विन अब्दुलाजिजलाई २०५४ फाल्गुण २२ मा ५ वटा वन्यजन्तुको अंग (आखेटोपहार) उपहार दिइएको थियो ।
उनलाई काठे भालु , जरायो, गौरी गाई, मयुरको प्वाँख र बाघका विभिन्न अंग उपहार दिइएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सबैभन्दा धेरै वन्यजन्तुको आखेटोपहार साउदी अरबलाई नै दिइएको हो ।सबैभन्दा पहिला २०४३ सालमा जापानमा वन्यजन्तुको अखेटोपहार उपहार दिइएको थियो भने पछिल्लो समय २०५९मा भारतलाई अखेटोपहार उपहार दिइएको थियो । नेपालले जापान, भारत, साउदी अरबमा विभिन्न समयमा वन्यजन्तुको आखेटोपहार उपहार दिएको तथ्य छ ।

उपहारमा मयुरको प्वाँख र छाला, वाघको सिंगो टाउको, गौरी गाईको सिंगो टाउको , काठे भालुको सिंगो टाउको, चितुवाको छाला लगायत जीवजन्तुको अन्य भागहरु दिइएको छ । नेपालले २०४३ चैत ८ गते जापानको महारानी नरहिमतोलाई घडियाल गोहीका अंग उपहार दिएको थियो ।

त्यसपछि एकैपटक साउदी अरबलाई ५ ओटा वन्यजन्तुको आखेटोपहार दिइएको हो । त्यसैगरी पछिल्लो समय धार्मीक प्रयोजनका लागी भारतलाई २०५९ बैशाख ४ गते ‘नागाबाबा अफ गङ्गोत्रि धाम’ संस्थालाइ चितुवाको दुईवटा छाला उपहार दिएको थियो ।

गत जेठ ८ गते सरकारले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरास्थित नेपाली सेनाको खेल मैदानमा गैंडा ,बाघ, हात्ती लगायतका वन्यजन्तुका हजारौं किलो अंग एकैपटक जलाएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics