निजी वन हरियाली हेर्न मात्र नभई किसानको उपयोगीताको लागी हुनुपर्ने



पारिवारिक निजी वन संघ नेपालले एक दिने जलवायु नीति र हरित रोजगारीमा अन्तक्रिया कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

राजधानिमा आयोजना गरिएको कार्यक्रममा वन मन्त्रालयको रेड कार्यान्वयन केन्द्रका प्रमुख तथा सहसचिव डा.सिन्धुप्रसाद ढुंगानाले सरकारलाई सामुदायिक बनको हक अधिकार सुनिश्चित गर्न र निजि वनका सवालमा सरकारको ध्यान केन्द्रित गर्न दबाब दिनुपर्ने बताए । त्यसैगरी ढुंगानाले निजि वन हरियाली हेर्नको लागी नभई वन किसानका जीवनमा अर्थिक रुपमा सहयोग गर्ने किसिमको हुनुपर्ने बताए ।

अन्तक्र्रिया कार्यक्रममा पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोग राज गिरीले पारिवारिक निजी वन ठूलो संख्यामा रहेको र यसलाई सरकारले वेवस्ता गरेको बताए । उनले निजी वनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र निजी वनले वन किसानको आवश्यकता परिपुर्ति गर्न सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा वन मन्त्रालयको सचिव रेशमराज डाँगी, वन विज्ञ डा. गंगा दाहालले आफ्नो प्रस्तुति निजी वन किसानसामु राखेका थिए । सांसद पार्वत गुरुङ्गले निजी तथा पारिवारिक वनलाई प्रोत्सान गर्नको लागि राज्यको निती तथा नियमलाई जनमुखी खालको बनाउनु पर्ने धारण व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न ३५ जिल्लाका निजी वन किसान सहभागी भएका थिए । किसान बुद्धि प्रसाद उप्रतीले वन मानिसलाई प्रक्कृति सँग जोड्ने अभिन्न अंग भएको तर सरकारी हस्तक्षेपले वन किसानलाई चुनौति भएको बताए । पारिवारिक निजी वन संघ नेपालले निजी वन किसान हक अधिकार लागि वहस गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics