वन्यजन्तुको आतंकबाट जोगाउनेलाई भोट



लुम्बिनी आसपासका स्थानीयले वन्यजन्तुको आतंकबाट छुटकारा दिनेलाई आफ्नो मत दिने बताएका छन् । यो खबर हामीले आइतबारको कान्तिपुरबाट लिएका हौँ ।

वन्यजन्तुको आतंकले बाली राम्ररी स्याहार्नसम्म नपाएका किसानहरुले वन्यजन्तुको आतंक बाट छुटकारा दिनेलाई भोट दिने बताएका हुन् । १ हजार १ सय ५० बिघा क्षेत्रफलमा विस्तारित लुम्बिनी विकास कोष क्षेत्रको जंगलमा आश्रित बँदेल, बाँदर र नीलगाईले बालीनाली सखाप पार्ने गरेका छन् । कोषभित्रबाट बथानका बथान आउने नीलगाई, बँदेल र बाँदरले बालीनाली खाने, उधिन्ने र लडिबुडी गरेर सखाप पार्न थालेपछि धेरैले खेतीबाली लगाउनै छाडेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–५ तेनुहवाका किसान एकाउल्लाहले भने, ‘विकास निर्माणसँगै जंगली जनावरको आतंकबाट मुक्ति दिलाइदिन सक्ने खालको जनप्रतिनिधि हाम्रो रोजाइ हो ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics