तारेभीर स्कुल निर्माण गर्दै घाँसी नेपाल



विगत १६ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै अएको घाँसी नेपालले काठमाण्डौँको तारेभीर प्राथमिक विद्यायालयको शिलान्याससँगै भौतिक संरचना पुनर्निर्माणको कामको काम सुरु गरेको छ ।

भूकम्पपश्चात विद्यायालयको पुनर्निर्माणमा जुटेको घाँसी नेपालले अहिलेसम्म भुकम्प प्रभावित ११ जिल्लाका ६० वटा भन्दा बढी विद्यायालयको भवन निर्माण प्रक्रिया अघि बढाएको छ । शिक्षा नै पहिलो आवश्यकता रहेकाले विद्यालय पुननिर्माणको सामाजिक कामलाई तिव्रताका साथ अघि बढाइएको घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले बताए ।

भूकम्पले गोकर्णेश्वर ७ वालुवा गाऊँ तरेभीर प्रा.वि भत्किएर पठनपाठनमा समेत समस्या भएकाले घाँसी नेपालले विद्यालयको भौतिक संरचना बनाएर सहयोग गर्न लागेको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारी, घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे र घाँसी नेपालका महासचिव शोभाकान्त पाण्डेले विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा बोल्दै घाँसी नेपालका अध्यक्ष घिमिरेले शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण छ हामी सबै मिलेर पुन निर्माणमा लाग्नुपर्छ । उनले भने ‘यस कार्यको लागी हामीलाई सम्पुर्ण स्थानियको साथ अपरिहार्य छ ।’ कार्यक्रममा बोल्ने अधिकाँस स्थानिय वक्ताहरुले संस्था र स्थानियको सहकार्यमा विद्यायालय पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics