पत्रकारका लागि ४ दिने ‘डिजिटल इन्भेस्टिगेटिभ’ पत्रकारिता तालिममा भाग लिने अवसर ।

    9518   

खोज पत्रकारिता केन्द्र र फिनल्यान्डको युनियन अफ जर्नालिस्ट भिकेस फाउन्डेसनको आयोजनामा पत्रकारहरुको सिप विकासका लागी दुई चरणमा डिजिटल इन्भेस्टिगेटिभ पत्रकारिता तालिम सञ्चालन हुन गइरहेको छ ।

तालिममा डिजिटल माध्यम, खोज पत्रकारिता, यसका लागी चाहिने ज्ञान सिप र त्यसको व्यवहारिक र सैद्धान्तिक पक्षमा प्रशिक्षण दिइने छ ।

यो तालिम क्रमशः साउन र भदौमा सञ्चालन हुनेछ । तालिममा बढीमा १२ जना लाई समावेश गराइनेछ । छनोटको मुख्य आधार, उम्मेदवारको क्षमता रुची र लगनशिलता हुनेछ भने समावेसी सिद्धान्तलाई ध्यानमा राखि छनोट गरिनेछ ।

कम्तिमा ३ वर्षदेखि खोजमुलक पत्रकारिता गरेका र डिजिटल माध्यममा रुची राख्ने पत्रकारले आवेदन दिन योग्य हुनेछन् ।

आवेदन दिने ठेगाना : mail@cijnepal.org
आवेदन दिने अन्तिम मिति : २०७४ असार २१

नोट : आवेदन साथ आफ्नो व्यक्तिगत विवरण र आफुले गरेको एउटा खोजमुलक रिपोर्टिङ संलग्न गर्नुपर्ने छ । प्राप्त निवेदन स्वीकृत अस्वीकृत गर्ने अधिकार खोपकेमा निहित हुनेछ ।

खोज पत्रकारिता केन्द्र नेपाल
मच्छिन्द्रमार्ग, जावलाखेल, ललीतपुर
फोन : ०१-५५४३०८५
इमेल :mail@cijnepal.org
वेभ : www.cijnepal.org.np

 

प्रतिक्रिया दिनुहोस

web
analytics