स्मार्टफोनको बजारमा ओप्पो चोथो स्थानमा



ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पो सन् २०१६मा स्मार्टफोनको बजारमा चौथो हुन सफल भएको छ ।

रिसर्च फर्म आइडीसीका अनुसार ओप्पोले १ सय ३३ प्रतिशतको वार्षिक बृद्धिदर इयर अन इयर ग्रोथ प्राप्त गर्न सफल भएको छ ।

आइडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरुको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथो स्मार्टफोन ब्राण्डका रुपमा आफ्नो स्थान कायम गर्न सफल भएको हो ।

साथै, चिनियाँ बजारमा कम्पनीले हालैका दुई क्वाटर्समा नम्बर १ स्थान हात पार्न पनि सफल भएको छ ।

आइडीसीको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०१६मा ओप्पोले विश्वको स्मार्टफोन बजारको ६ दशमलव ८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । साथै, चारै क्वाटर्समा शतप्रतिशत भन्दा बढीको ‘इयर अन इयर ग्रोथ’ हात पारेको छ ।

‘सन् २०१६मा सरल र केन्द्रित रणनीति अपनाउँदै हामीले उपभोक्ता माझ आफ्ना प्रिमियम गुणस्तर तथा उत्कृष्ट क्यामेरा सहितका उत्पादन पस्क्यौं,ु ओप्पो भीपी तथा इन्टरनेशनल मोबाइल विजनेशका प्रबन्ध निर्देशक स्काइ लीले भने, ‘आफ्ना उपभोक्ताको माग तथा आवश्यकता अनुसारका उत्पादन पस्किने प्रतिबद्धता नै हाम्रो सफलताको प्रमुख कारण हो ।’ उनले यही प्रतिबद्धतालाई दुई गुणा बढोत्तरी गर्दै यस वर्ष विश्व बजारमा आफ्ना फोन विस्तारमा ध्यान केन्द्रित गर्ने बताए ।

ओप्पोले पछिल्लो वर्ष दुई प्रमुख उत्पादन ‘सेल्फी एक्स्पर्ट एफ सिरिज’ र स्टाइलिस आर सिरिजमा आफ्नो ध्यान केन्द्रित गरेको थियो । उद्योगमै उत्कृष्ट मध्यको मानिएका अगाडि र पछाडिको क्यामेराले ब्राण्डको क्यामेरा फोन अवधारणाको प्रतिनिधित्व गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics