सबैभन्दा महंगो आइफोन एट बन्ने



एप्पलले दशौँ वाषिर्कोत्सवको अवसरमा सार्वजनिक गर्ने भनिएको नयाँ आइफोनको मुल्य सबैभन्दा महंगो हुने अपेक्षा गरिएको छ ।

यसमा अत्याधुनिक फिचर्स तथा इनोभेटिभ डिजाइन र फिचरका दृष्टिले निकै उत्कृष्ट हुने बताइएको छ ।

आइफोन एटको मूल्य १ हजार डलर भन्दा बढि हुनेछ र यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ ।

आइफोन एटमा एज टू एज ओएलइडी डिस्प्ले र थ्री डी सेन्सिंग जस्ता अत्याधुनिक प्रविधि रहनेछन् ।

जसले यसको मूल्य अन्य आइफोन भन्दा दोब्बर हुने पक्का छ ।

यद्यपि हजार डलर भन्दा धेरै मूल्य पर्नु अतिशयोक्ति जस्तो लाग्नसक्छ । तर एप्पलको २५६ जिबी स्टोरेज वाला आइफोन सेभेन प्लसको मूल्य पनि झण्डै १ हजार डलर अर्थात् ९६९ डलर रहेको छ ।

एप्पलको नयाँ आइफोनको नाम आइफोन एट नै हुन्छ भन्ने पक्का छैन ।

कतिपयले नयाँ आइफोनको नाम आइफोन एक्स पनि हुनसक्ने अड्कल काटेका छन् । यो फोन ५.८ इन्चको डिस्प्लेयुक्त हुनेछ ।

यसमा आइफोन सेभेन प्लसमा जस्तै डुअल लेन्स क्यामरा हुनेछ । साथै यसमा होम बटनको साटो डिस्प्लेमै टच बटन हुनेछ ।

त्यस्तै एप्पलले आइफोनका साइडका बटनहरुलाई पनि टच सेन्सेटिभ बटनले प्रतिस्थापित गर्ने छ ।

समाचार अनुसार यो बहुमूल्य आइफोनसँगै एप्पलले अरु दुई आइफोन पनि लञ्च गर्ने तयारी गरेको छ ।

जसमा ४.७ इन्चको आइफोन सेभेन प्लस र ५.५ इन्चको आइफोन सेभेन एस प्लस हुने दाबी गरिएको छ ।


डेलिमेलको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics