झापादेखि बाँकेसम्मै बाढीको खतरा


बाढी पुर्वानुमान शाखाका अनुसार कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईको पानीको सतह चेतावनी तहसम्म पुग्ने सक्ने जनाएको छ ।

 

आइतबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश भूभागमा पानी परेसँगै बाढीको खतरा बढेको छ । निरन्तरको वर्षाले पूर्वको झापादेखि पश्चिममा बाँकेसम्मका चुरे र महाभारतबाट प्रवाह हुने खोला र नदी प्रणालीमा उच्च सर्तकता अपनाउन बाढी पुर्वानुमान शाखाले सूचना जारी गरेको छ ।

बाढी पुर्वानुमान शाखाका अनुसार कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईको पानीको सतह चेतावनी तहसम्म पुग्ने सक्ने जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान महाशाखाले आइतबार भन्दा सोमबार बढी बाढीको जोखिम बढ्न सक्ने अनुमान गरेको छ । शाखाले सोमबार बिहान बुलेटिन निकाल्दै कर्णाली र नारायणी नदीमा पानीको सतह चेतावनी तहसम्म आउनसक्ने बताएको हो ।

मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेका कारण आइतबार देखि मनसुन सक्रिय भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीन कुमार अर्यालले भने, ‘यो प्रणाली अझै तिनदिनसम्म सक्रिय रहन्छ ।’ मौसमविद्का अनुसार यो मनसुनी प्रणली लामो भएकाले बाढीको सम्भावना धेरै देखिएको हो । अर्यालले भने, ‘सोमबार राती पनि देशका प्रायः भूभागमा वर्षा भई मध्य र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको छ ।’

बाढी पुर्वानुमान शाखाले अत्याधिक वर्षालाई चेतावनी तह भन्दै भारी वर्षाका बेला आमनागरिकलाई सतर्क रहन आग्रहसमेत गरेको छ । शाखाले पहाडी क्षेत्रका पहिरोग्रस्त क्षेत्रमा आवतजावत नगर्न र खोला किनार नजिकैका बस्तीमा बसोबास गर्नेले नियमित खोलाको सतह अवलोकन गर्नसमेत आग्रह गरेको छ ।

यसटकको मनसुन सामान्य अवधि भन्दा २ दिन ढिलो गरी जेठ २९ गते नेपाल भित्रिएको थियो । सामान्य अवधिमा नै नेपाल प्रवेश गरेको मनसुन एकसाता पछि मात्र यो सक्रिय भएको थियो । मौसमवीद्ले यो वर्ष मनुसुन राम्रो हुने बताउँदै आएका छन् । मौसमविद्का अनुसार देशका अधिकाशं भू–भागमा सरदर वर्षा हुने अनुमान गरिएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics