हरियो वन कर्मचारीको धन भएपछि…



जो रक्षक उही भक्षक भएपछि, जिल्ला वन कार्यालय पर्सामा ब्रहमलुट मच्चिएको सरोकारवालाहरु बताएका छन्।

सरकारले आर्थिक वर्ष २०७३ / ७४ का लागी निकासा गरेको वन विकास बजेटको पर्सामा व्यापक दुरुपयोग मात्रै गरिएको छैन, विकासको वाहानामा वन मास्ने तथा बजेट सक्ने काम समेत हुँदै आएको छ ।

पर्साको सबैयास्थित अतिक्रमित वनको जग्गा खाली गराएर तारवार गरी जडिबुटी रोप्ने योजना लागू गरिएको छ ।

तर, परियोजनाका प्रमुख वन अधिकृत मोहन सिंहले मनोमानी रुपमा वनका रुख कटान गरी काठ लाने गरेको पहरेदार मेराजुल मियाले आरोप लगाएका छन् ।यसै आर्थिक वर्षदेखि जिल्ला वन कार्यालय पर्साले अतिक्रमित बनको जग्गा खाली गराउने कार्यक्रम सुरु गरेको छ ।

बढनिहार वनसेक्टर अन्तर्गत अतिक्रमित क्षेत्रलाई खाली गराएर सबैयाको सात हेक्टर जग्गामा जडिबुटि योजनाका लागी २५ लाख रुपैयाँ बजेट छुट्याइएको जिल्ला वन कार्यालय पर्साले जनाएको छ ।

सुकेको, लडेका काठलाई पोल चिरान गरेर तारवार गर्ने योजना रहेको पर्साका जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्णले बताए ।

लागू गरिएको जडिबुटि परियोजनमाका मंसिरदेखि नै काम भइरहेको बताइएको छ । अतिक्रमण हटाएर ५ किलोमिटरसम्म तारवार गरिएको पर्सा वन कार्यालयको दाबी छ ।

जसमध्ये सात हेक्टर जग्गामा घृत कुमारी, कुरिलो, मेन्जा केमामाइनलगायत सात प्रकारका जडिबुटी खेती गर्ने योजना छ ।

जिल्ला वन कर्यालय पर्साले ३ हेक्टर जग्गामा घृत कुमारी र कुरिलो रोपिसकिएको जनाए पनि परियोजनामा अहिले पनि तारवार गरिएको अधिकांस क्षेत्रमा सुर्ति र उखुको खेति भइरहेको छ ।

अतिक्रमणकारीहरुले गरेको सुर्ती तथा उखु खेती वन कार्यालकका कर्मचारीको कमाउने धन्धा बनेको स्थानीयको आरोप छ ।

पर्साको वन विकासका लागी राष्ट्रिय वन विकास कार्यक्रम, सामुदायीक वन विकास, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास तथा विरुवा उत्पादन लगायतका कार्यक्रम चलिरहेका छन् ।

इमेज खबरबाट

अनिल तिवारी

प्रतिक्रिया दिनुहोस

web
analytics