चितवन वन्यजन्तु र चराचुरुङ्गीको संसार (फोटो फिचर)

चितवन राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै धेरैलाई लाग्छ हात्ती, गैंडा अवलोकन गर्ने ठाउँ हो । चितवन प्राकृतिक रुपमा असाध्यै सुन्दर र धनी राष्ट्रिय निकुञ्ज हो । यहाँ जंगली जनावर मात्र नभई विभिन्न प्रजातिका चराहरु पनि पाइन्छन् ।

यो निकुञ्जमा विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा धेरै प्रजातिका स्तनधारी प्राणी, ६०० भन्दा बढी प्रजातीका चराचुरूङ्गीहरु पाइन्छन् ।

चुरे पहाड, राप्ती, नारायणी, रिउजस्ता नदीको तटीय क्षेत्र र समथर भूभागका कारण सबैखाले जनावरका लागि यो निकुञ्ज महत्वपूर्ण रहेको छ। निकुञ्जमा गैँडा, पाटेबाघ, सोंस, चौँरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंग, बाँदर, लङ्गुरलगायत ६० भन्दा बढी स्तनधारी जनावर रहेका छन्।

यस्तै, विभिन्न समय र मौसम अनुसार यहाँ विविध चराहरु घुम्न समेत आउने गरेका छन् । चितवन चराहरूको बासस्थानमात्र नभई बसाइसराइको गन्तव्य पनि हो।

 































 

सागर गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics