महानगरमा अण्डरग्राउण्ड पार्किङदेखि विद्युतीय शौचालयसम्म



काठमाडौं महानगरपालिकाले अण्डरग्राउण्ड कार पार्किङदेखि विद्युतीय ट्वाइलेटसम्म बनाउने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७४ ७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गर्दै यस्तो कार्यक्रमको योजना प्रस्तुत गरेको हो ।

मेयर विद्यासुन्दर शाक्यले महानगरमा पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने घोषणा समेत गरेका छन् । उनले भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङको निर्माण अघि बढाउने योजना नीति तथा कार्यक्रममै समावेश गरेका छन् ।

महानगरपालिकाले आगामी वर्षभित्र ५० वटा स्मार्ट र ५० वटा ई ट्वाइलेट निर्माण गर्ने शाक्यले जानकारी दिएका छन् । यस्तै नीति तथा कार्यक्रममा सेवाग्राहीको उजुरी सुन्न मोबाइल एप प्रयोगमा ल्याउने पनि उल्लेख गरेका छन् ।

आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मानोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको प्रयोगको सम्भाब्यताको पनि अध्ययन गरिने शाक्यले बताए ।

वातावरणलाई ध्यानमा राख्दै काठमाडौंमा साकइकल सञ्जाल विस्तार गरी पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने भएको छ । उपत्यकाको धुँवाधुलो नियनत्रण गरेर काठमाडौंलाई ‘नो मास्क सिटी’का रुपमा विकास गरिने समेत योजनामा समावेश गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics