भाग्दै गरेको तस्करलाई गोली हान्दा ….

‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि। सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  पाँचाै अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

भाग्दाभाग्दै गोली

राजन प्रजाको बयान अनुसार गैँडा चोरी सिकारीमध्ये सबभन्दा खतरनाक वीरमान प्रजा नै हो भन्ने हामीलाई लागेको थियो ।

जेठ २६ गते ‘वीरमान प्रजा हिजो वानग्रुपमा थियो’ भन्ने खबर आयो । हामी फेरि संयुक्त रुपमा राति उसको घर गयौँ । तर यस पटक त घरमा वीरमानकी श्रीमती पनि थिइनन् । हामीले छरछिमेकलाई सोध्यौँ । ’emले ‘उसकी श्रीमती कहाँ छे भन्ने’bout पहिलेको देवरलाई थाहा हुन्छ’ भने । हामी उसलाई खोज्दै गयौँ र रातिमा उसको छिमेकीको मृत्यु भएको घरमा किरियापुत्रीलाई रेखदेख गर्न बसेको ठाउँमा भेट्यौँ । उसले ‘वीरमान कहाँ गएको छ, थाहा छैन’ भन्यो । अनि ‘मैले अर्को सिकारी चिनेको छु; उसलाई पक्राइदिन्छु’ भन्यो ।
मैले सोधेँ– ‘त्यसको नाम के हो?’
उसले भन्यो– ‘टिकु पुन ।’

टिकु पुन चतुरे राईहरुसँग गैँडा मार्न जाने मान्छे थियो । हामी त्यो मान्छेसँग करिब आधा घण्टा हिँडेर टिकु पुनको घर पुग्यौँ। अगाडि–अगाडि रुपकजी र म थियौँ । घरमा बत्ती बलिरहेको थियो । हामी भित्र पस्यौँ ।

खाटमा दुई जना केटाकेटी गफ गरिरहेका थिए । म सीधै तलामाथि चढ्न खोजेँ । काठको लिस्नोमा बसेर दुई जना बूढाबूढी रक्सी खाँदै गरिरहेका थिए । म ’emलाई हटाएर माथि गएँ । खाटमा एउटा मान्छे सुतिरहेको थियो ।
मैले उसलाई उठाएर सोधेँ– ‘तिमी टिकु होइन?’
उसले भन्यो– ‘हैन म त ।’
‘तिमी कुन छोरा हौ त ?’
‘म त जेठो ।’
‘तिम्रो नाम के हो?’
‘मेरो नाम रामे ।’
‘तिम्रो भाइ खोइ त ?’
‘तल छ ।’
रुपकजी तल भएको केटालाई सोधखोज गर्दै हुनुहुन्थ्यो । ऊ नागरिकता देखाएर ‘म टिकु होइन, अरु नै हो’ भन्दै थियो । मैले माथिबाट झरेर ‘तिमी नै टिकु होइन ? तिम्रो दाइले त तिमीलाई नै टिकु भन्दै छ, तिमी होइन भन्ने ?’ भनेँ । मैले त्यति मात्र के भनेको थिएँ, उसले नाकमा रुपकजीको एक मुक्का खायो । रगत बग्न थाल्यो बेस्सरी । ती बूढाबूढी ‘हैन हो, के गरेको ?’ भन्दै तल झरे । हामी टिकुलाई लिएर हिँड्यौँ ।

मैले उसको सर्ट बोकिदिएको थिएँ । ऊ पाइन्ट मात्र लगाएर अगाडि–अगाडि हिँडिरहेको थियो । चप्पल पनि थिएन क्या हो । अगाडि त्यो व्यक्ति, अनि लप्टन गणेश महत, त्यसपछि अर्का सैनिक साथी र रुपकजी, पछिपछि म ।

दस–पन्ध्र मिटरजति हिँडेपछि ‘भाग्यो भाग्यो… भन्ने सुनियो । तीन जना मकै बारीमा टिकुका पछाडि बेपत्तासँग कुदिरहेका थिए । टर्च लाइट नभएकाले म अलि पछि नै थिएँ। दुई–तीन मिनेटजति पछि ड्याङ्ग पेस्तोल पड्केको आवाज आयो । म झसङ्ग भएँ; लौ बर्बाद भयो, मान्छे म¥यो कि क्या हो ! म दौडँदै गएँ । गोली उसको हातमा लागेको रहेछ। ‘साला, तँ भाग्ने ?’ भन्दै साथीहरुले उसलाई पक्रिसकेका रहेछन् ।

उसलाई लिएर हामी छिटोछिटो खोला त¥यौँ र गाडी भएतर्फ लाग्यौँ । बाटोको धारामा उसलाई रगत धुन लगायौँ। मैले उसको सर्ट दिएँ । मलाई उसको माया लागेर आयो । ‘किन भागेको तँ ?’ भनेर सोध्दा ‘तपाईंहरुले कुट्नुहुन्छ भनेर’ भन्ने जबाफ दियो । म सामेल भएको हाम्रो टोलीले गैँडा सिकारी वा तस्करलाई पक्रन जाँदा बन्दुक पड्काउनुपरेको यो पहिलो पटक थियो ।

टिकुले रिफल राईहरुसित बन्दुक लिएर गैँडा मार्न गएको तर गैँडा नभेटेर फर्केको भन्ने बयान दियो । वारदात नभएको हुनाले ऊविरूद्ध प्रमाण भेटिएन । गोली हातमा लागेको हुँदा उसलाई सबैले माया गरेर खासै केरकार पनि गरेनन् । ऊ गैँडा मार्ने कार्यमा संलग्न भएको भन्ने कुरा त उसको ग्याङका अन्य व्यक्ति पक्राउ परेपछि मात्र खुल्न आयो । ऊ धरौटीमा छुट्नासाथ फरार भएको थियो; पछि प्रमाण पुगेपछि पक्राउ गर्न खोज्दा भेटिएन ।

टिकुलाई पक्रन जाँदा लिस्नोमा बसेर रक्सी खाने बूढाबूढी उसका आमाबाबु रहेछन् । उसको बाबुको नाम चम्का जेठा रहेछ । ऊ खुँखार गैँडा सिकारी रहेछ । वास्तवमा त्यो क्षेत्रमा अरुलाई गैँडा मार्न सिकाउने व्यक्ति नै उही रहेछ । त्यस दिन हामीले उसलाई नचिनेर छोरालाई मात्र पक्रियौँ ।

त्यो दिनपछि चितवनबाट भागेर ऊ बर्दिया, गुलरियानजिकको गाउँमा बस्न थालेछ र कहिलेकाहीँ चितवन आएर गैँडा मार्ने र फेरि उतै जाने गर्दो रहेछ । उसले बर्दिया राष्ट्रिय निकुञ्जमा पनि गैँडा मार्ने गरेको रहेछ । ऊ हालसम्म फरार नै छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको व्यवस्थापन र गैँडाको चोरी सिकार नियन्त्रणमा समस्या देखिएकाले चिफ वार्डेन पुरनभक्त श्रेष्ठको काज सरूवा हुने हल्ला चलिरहेको थियो । यसैबीच मैले नगेन्द्र श्रेष्ठलाई धरौटीमा छाड्ने तयारी हुँदै छ भन्ने सुनेँ । नगेन्द्र त्यही व्यक्ति थियो जसलाई हामीले फागुनमा पक्रेका थियौँ र ग्याम्जो भन्ने मुख्य खाग तस्करको दाहिने हात भनेर पुर्पक्षका लागि थुनामा पठाएका थियौँ । उसलाई बिरामी भएको भन्ने कागज बनाएर छाड्न लागिएको र त्यसका लागि सरकारी वकिल राजेन्द्र श्रेष्ठ कसरा आउनुभएको थाहा भयो । यस ’boutमा के रहेछ बुझ्न चिफ वार्डेनलाई भेट्न रेञ्जर माधव र म गएका थियौँ ।

मैले चिफ वार्डेनलाई सोधेँ– ‘किन तपाईंले नगेन्द्रलाई धरौटीमा छाड्न लाग्नुभएको ?’ उहाँले ‘छाड्ने–नछाड्ने मेरो अधिकार हो; तपाईं आफ्नो काम गर्नुस्’ भन्ने
ठाडो जबाफ दिनुभयो । मलाई उहाँको भनाइ चित्त बुझेन । मैले भनेँ– ‘हामी जोखिम मोलेर पक्रेर ल्याउने, अनि तपाईं मेरो अधिकार हो भनेर धरौटीमा छाड्दै जाने ?’ उहाँ रिसाउनुभयो ।

उहाँले म चितवन आउँदा ठूलो खुसी व्यक्त गर्नुभएको थियो तर पछिल्ला दिनहरुमा म र मेरो कामप्रति सन्तुष्ट हुनुहुन्नथ्यो । हुन पनि म नयाँ थिएँ; खास गरी चोरी सिकार नियन्त्रणसम्बन्धी ज्ञान, अनुभव र सीपको ममा कमी थियो । अति रिसाउने बानी, कहिलेकाहीँ आफूखुसी कार्यालयको काम छाडेर घरतर्फ हिँड्ने प्रवृत्ति, आफूले राम्रो गर्न खोजिरहेको छु र त्यो कुरा मैले नभने पनि अरुहरुले स्वतः बुझिदिनुपर्छ भन्ने आग्रह जस्ता कमजोरी ममा थिए । त्यसमाथि साधनस्रोत पर्याप्त थिएन र कर्मचारीहरुको टिम तथा सुराकी संयन्त्र पनि प्रभावकारी बन्न सकेको थिएन । तीन–चार जना सुराकी थिए; ती पनि तलब नपाएर कराइरहेका हुन्थे । ठोस सूचना र जानकारी नै प्राप्त हुँदैनथ्यो । गैँडा मरेको खबर आइपुग्थ्यो तर कसले मा¥यो केही पत्तो हुँदैनथ्यो । तैपनि साथीहरुसँग मिलेर, आफ्नो क्षमताले भ्याएसम्म रातदिन नभनी म काम गरिरहेकै थिएँ ।

चिफ वार्डेनको ठाडो जबाफपछि म पनि रिसाउँदै फर्कें । त्यसको एक–दुई दिनपछि थाहा भयो— मुद्दा फाँटका सुब्बा उत्तमप्रसाद खरेल बेलुका नगेन्द्रको सालाको मोटरसाइकलमा अफिसबाट जान्छन् अनि मासु–बियर खाएर राति क्वार्टरमा फर्कन्छन् । एक दिन मैले बोलाएर यस’bout सोध्दा उनले भने– ‘म
ऊसँग हिँड्दैमा के हुन्छ त?’

त्यतिन्जेल नगेन्द्र धरौटीमा छुटिसकेको थियो । मैले भनेँ– ‘मान्छेलाई शङ्का गर्ने, कुरा काट्ने ठाउँ मिल्छ । तपाईंले नै मिलेर नगेन्द्रलाई धरौटीमा छुटाउनुभयो भन्छन् ।’
उनले झोक्किँदै भने– ‘मैले छुटाउने हो ? हाकिमले जे गर् भन्यो त्यही गर्ने त हो नि !’

२०६० असारको पहिलो हप्ता पुरनभक्त श्रेष्ठ सरूवा भएर जानुभयो । एकातिर आफैँले पुर्पक्षका लागि थुनामा पठाएको अभियुक्तलाई धरौटीमा छाड्नु चिफ वार्डेन पुरनभक्तको कानुनी भूल थियो । अर्कोतिर गैँडाको सिकार गर्ने र खागको तस्करी गर्ने व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा पचास हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी ब्यवस्था हुँदाहुँदै नयाँ चिफ वार्डेन शिवराज भट्टले मुद्दा फैसला गर्दा नगेन्द्रलाई जम्मा एक लाख रूपैयाँ जरिवाना मात्र गरेर गैँडा सिकारी र खाग तस्करलाई प्रोत्साहन दिनुभयो ।

मैले उहाँलाई यस ’boutमा सोधेँ, उहाँको जवाफ थियो– ‘अघिल्लो चिफ वार्डेनले धरौटीमा छाडेकोलाई मैले फेरि किन कैद सजाय तोक्नु ?’

सुराकीलाई सुन

वर्षाको समय, बेस्सरी झरी परिरहेको थियो। साउन १४ गते सुनाचुरीको सुराकीले बोलाएकाले म त्यता गएँ । त्यही मौकामा खगेन्द्रमल्ली पोस्ट र सुनाचुरी पोस्ट पनि निरीक्षण गरेँ । बेलुका अबेला कसरा फर्कें । म फर्कंदा राप्तीमा पानीको सतह बढ्दै थियो । रातभरि मुसलधारे पानी दर्किरहेको थियो ।

१५ गते उठ्दा त नदी वारको पार थियो । निकुञ्जको उत्तरमा पर्ने गाविस जगतपुर जान–आउन सकिँदैनथ्यो। जगतपुरको घैलाघारी भन्ने ठाउँमा चार जनाको ज्यान गएछ । बस्ती सारा बगाएछ । अघिल्लो वर्षको बाढीमा परेर ४० जनाले ज्यान गुमाए । सयौँ विघा जमिन मरूभूमिमा परिणत भयो । यसको मूल कारण कसरामा बनाइएको राप्तीको पुल नै हो ।

राप्तीमा बाढी आउँदा नदीको बहावलाई पुलले अवरोध पु¥याउँदा पानी गाउँबस्तीतर्फ लाग्यो । त्यो पुल चार किलोमिटर पश्चिम ध्रुबामा (फराकिलो ठाउँ) बनाउनु पर्छ भनेर तत्कालीन वार्डेनले सुझाव दिँदा घैलाघारीका बासिन्दाले विकासविरोधी वार्डेन मुर्दाबाद भन्ने नारा लगाए । तत्कालीन प्रधानमन्त्री स्वयं गिरिजाप्रसाद कोइराला आएर पुल शिलान्यास गर्ने भएपछि वार्डेनको केही लागेन ।

वार्डेनको सुझाव नमान्दा ध्रुबामा पुल बनाउदा लाग्ने सात करोड रूपैयाँभन्दा बढी बजेट जोगाउन सडक विभाग र विकास गर्न खोज्ने जगतपुर, घैलाघारीका विकासप्रेमीका कारण वार्डेनविरूङ नारा लगाउनेहरुकै ज्यान र जमिन नोक्सान भयो ।
फोन, बिजुली, बाटो सबै अवरूद्ध थियो । सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरबाट पन्ध्र हात्ती हराइरहेको र कैयौँ हात्ती डुबेको खबर आयो । नारायणीले बगाएर गैँडा नवलपरासीको त्रिवेणी पुर्याएको खबर पनि आउँदै थियो । निकुञ्जभित्रका बाघमारा, डुमरिया, घटगाई पोस्टमा बाढी पसेर स्टाफ र सैनिकहरु छतमा बसिरहेको, कैयौँ स्टाफले रुखमा बसेर ज्यान जोगाएको खबर आयो ।
सैनिकहरुलाई त पछि हेलिकप्टरले उद्धार गर्यो तर हाम्रा स्टाफहरु रुख र छतमै फसेछन् । पानी घटेपछि सम्पर्कमा आए । साउनको महिना, अफिसमा म मात्र थिएँ । के गर्नु न कसो गर्नु भएँ ।

क्षतिको विवरण १६ गते काठमाडौँ पठाएँ । भरतपुर, गौरीगन्जमा गैँडा फसेको छ भन्ने खबर पाएर मोटरसाइकलमा बल्लतल्ल त्यहाँ पुगेँ । हराइरहेका हात्तीमध्ये तीन वटा बरन्डाभारको जङ्गलमा भेटिएको खबर प्राप्त भयो । स्टाफहरुले हात्ती डुब्छ भनेर बाढी आएपछि साङला खोलेर जङ्गलतर्फ छाडेका रहेछन् । जिल्ला वन अधिकृतको हवाला दिएर एफएमहरुले हात्ती बगायो भन्ने समाचार प्रसारण गरिदिएकाले हल्लीखल्ली मच्चियो ।

१७ गते बाँकी बा¥ह हात्ती पनि बरन्डाभारमा भेटिए । त्यो दिन म सुनाचुरीको सुराकीलाई भेट्न गएँ । दिव्यपुरी सामुदायिक वनको हेरालु नरबहादुर विकले दिएको बयानमा उल्लेख भएको खुँखार गैँडा सिकारी बमबहादुर प्रजाको खोजीमा म चितवन आएदेखि नै लागिरहेको थिएँ । उसले नै दिव्यपुरीमा पाँच गैँडा मारेको थियो । ऊ रामशरण विक, बुद्धिराम महतो लगायतलाई लिएर गैँडा मार्न जान्थ्यो अनि खाग प्रेमबहादुर विकलाई बेच्ने गथ्र्यो । उसलाई पक्राउ गर्न मैले धेरै मेहनत गरेको थिएँ । साधनस्रोत, पैसा थुपै्र खर्च भएको थियो। कसराबाट सुनाचुरी पुगेर फर्कंदा गाडीमा तेल मात्रै हजार–पन्ध्र सयको लाग्थ्यो। सुराकीलाई मागेपिच्छे पैसा दिँदा चालीस–पचास हजार खर्च भइसकेको थियो ।

हुँदाहुँदा एकपल्ट त सुराकीको विवाह नै गरिदिनुपर्ने भयो ! उसकी दुलहीलाई लत्ताकपडा, गरगहनादेखि ससुरालीमा लैजाने माछा, मासु, अरु खानेकुरा र यतिसम्म कि सुनाचुरीबाट जन्ती जाने गाडीसमेत उपलब्ध गराउनुपर्ने भयो । के पो गर्नुपरेन ? ती सबैको बिल तत्कालीन बाघ गैँडा संरक्षण आयोजनाले चोरी सिकार नियन्त्रणका लागि उपलब्ध गराउने आर्थिक सहयोगको बजेटबाट भुक्तानीका लागि माग गरी पठाएको थिएँ । लेखापालले ‘के हो कँुवरजी, सुन किनेको बिल पनि राख्ने ?’ भनेर प्रश्न गर्नुभयो ।

मैले सविस्तार बताइदिएँ । त्यसपछि उहाँ केही बोल्नुभएन । चोरी सिकार नियन्त्रणको कामै त्यस्तो थियो ।

१७ गते सुनाचुरीमा सुराकीलाई भेटेपछि रुपकजी, मुखिया श्रीरङ्ग कँडेल र मैले बमबहादुर प्रजालाई पक्राउ गर्ने अन्तिम योजना बनायौँ । उसलाई सुराकीले बोलाएर ल्याउने र एउटा खाली घरमा राख्ने, कुखुराको मासु र टन्नै रक्सी खुवाउने अनि राति सुतेका बेला घर घेरेर पक्राउ गर्ने तय भयो ।

सुराकीका अनुसार बमबहादुरसँग उसका अरु साथी पनि गैँडा मार्न जाने तयारीसाथ आउँदै थिए। उनीहरुलाई मासु र रक्सी ख्वाउन मैले सुराकीलाई एक हजार रूपैयाँ दिएँ । बमबहादुरसँग सुतेका उसका साथीलाई पनि पक्रने भइयो। योजना निकै चुस्तदुरूस्त लाग्थ्यो ।

तर त्यस दिन हामीले उसको गन्ध पनि पाएनौँ । पछि पो थाहा भयो, हामीले बनाएको त्यो योजना त खालि एउटा हावामहल रहेछ । सुनाचुरीको सुराकीले हामीलाई धोका दिएको रहेछ । उसले बमबहादुरलाई भेटेकै रहेनछ । ‘म बमेलाई यसरी ल्याउँछु, उसरी ल्याउँछु’ भनेर उसले मसँग पैसा असुल्ने जाल मात्र फ्याँक्दै आएको रहेछ । म सोझो मान्छे, उसले जेजे भन्यो त्यही त्यही मानेँ । थुप्रै साधनस्रोत खर्च गरेँ । सबै बेकार भयो ।

यसबीच मैले वीरेन्द्रनगरका एक सुराकीलाई बोलाउन पठाएँ; उहाँ टाँडी आउनुभयो । हामीले मनकामना होटलमा बसेर सँगै बियर खायौँ । सगरमाथा राष्ट्रिय निकुञ्जमा काम गर्दा मैले रक्सी खान छाडेको थिएँ । श्रीरङ्ग कँडेलले पनि स्वास्थ्यका कारण रक्सी खान छाड्नुभएको थियो । तर त्यस दिन खानुभयो । रक्सीका कारण २०६१ साल वैशाखमा उहाँको मोटरसाइकल दुर्घटना भयो । मैले पनि रक्सी खान सुरू गरेपछि त्यति राम्रो भएन । रक्सी मेरा लागि अभिशापै थियो ।

मलाई सरकारी जागिर खाने सानैदेखि ठूलो धोको थियो । त्यस क्रममा मैले एसएलसी दिएपछि रिजल्ट ननिस्कँदै मर्दी खोला खानेपानी आयोजनामा फलामका ठूल्ठूला पाइप बोक्ने कामसमेत गरेको थिएँ । त्यस बेला म केवल सत्र वर्षको थिएँ । अजङ्गका पाइप सो¥ह जनाले डोरीले बाँधेर दुवैतिरबाट सेती र मर्दीको दोभानमाथिको अप्ठ्यारो बाटोमा बोक्नु कम गा¥हो थिएन । त्यो काम सकेपछि गैँची र सावेल बोकेर पाइप बिछ्याउने खाल्डो पनि खनियो ।

यसैबीच एसएलसीको नतिजा निस्क्यो । हाम्रो स्कुल गौरीशङ्कर माध्यमिक विद्यायल, हेम्जाबाट सन्ताउन्न जनाले एसएलसी दिएकामा म मात्र प्रथम श्रेणीमा उत्तीर्ण भएँछु । २०४६ सालमा पोखराको वन विज्ञान अध्ययन संस्थानबाट वन विज्ञान प्रवीणता प्रमाण पत्र तह (फरेस्ट्रीमा आईएस्सी) सकेँ । लोकसेवा आयोगले रेञ्जर पदमा विज्ञापन गरेको थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको प्रजातान्त्रिक सरकारले नयाँ भर्ना नलिने निर्णय गरेकोले विज्ञापन स्थगित भएर जागिर पाइएन । त्यसपछि जागिर खोज्न धेरै ठाउँ चहार्दा पनि केही लागेन र २०४७ साल साउन महिनादेखि कास्कीको प्रस्तावित महेन्द्र मावि लाहाचोकमा एक जना शिक्षक केही महिना विदा बसेकाले उनी फर्केर नआउन्जेल सम्मका लागि सट्टा शिक्षक भएँ ।

विद्यालय पुग्न घरबाट मर्दी खोला हुँदै करिब पैँतालीस मिनेट हिँड्नुपथ्र्यो । हामी हेम्जाका पाँच–छ शिक्षक स्कुलबाट फर्केर आउँदा सधैँ मर्दी पुलमा खाजा खान्थ्यौँ । एक दिन सरहरुले माछा र बियर खाने कार्यक्रम राख्नुभएको रहेछ । त्यस क्रममा मलाई पनि उहाँहरुले आधा गिलास चाख्न दिनुभयो ।

त्यति बेला स्टार बियर मात्र पाइन्थ्यो । मैले पहिलो पटक बियर खाएँ । त्यो सा¥है तीतो थियो । मलाई त्यो आधा गिलास सक्न पनि धौधौ परेको थियो । जागिर खान विभिन्न ठाउँमा पुग्दासम्म मलाई सबै ब्रान्डका रक्सी खाने बानी परिसकेको थियो । रक्सीले मेरो जीवनमा धेरै नोक्सान पु¥यायो र बरबादीको बाटोतर्फ डोर्यायो । अनि मैले धेरै पटक रक्सी खान छाडेँ । तर त्यसलाई निरन्तरता दिन सकिनँ । चोरी सिकार’bout सूचना पाउने आसमा मैले चितवनमा पुनः रक्सी खान सुरू गरेँ ।
एउटा माहोलनिम्ति यो जरूरी हुँदो रहेछ। जासुसी, सुराक, गुप्तचरीमा भनौँ वा कसै’bout सही सूचना प्राप्त गर्ने एउटा भरपर्दो माध्यम बन्दो रहेछ कहिलेकाहीँ । रक्सीको माध्यमबाट बन्ने दोस्ती, मित्रताका कारण तपाईं धेरै सूचना सजिलै प्राप्त गर्न सक्नुहुन्छ । यो कसैको व्यापार पनि बन्छ । व्यापार बढेपछि उसले तपाईंलाई चाहिँदो जानकारी पनि दिन्छ ।

जे होस्, त्यस दिन टाँडीमा सँगै रक्सी खाएर हामीले सुराकीलाई असल मित्र बनायौँ । हामीलाई आवश्यक सूचना र जानकारी उपलब्ध गराउन उहाँ तयार हुनुहुन्थ्यो। त्यसपछि हामीलाई सूचनाहरु दिन थाल्नुभयो । तर पाएको सूचना तत्काल हामीसम्म पुर्याउन उहाँ असमर्थ हुनुहुन्थ्यो जब चोर र तस्करलाई कहीँ भेट्नुहुन्थ्यो, हामीलाई खबर दिन दौडँदै फोन भए ठाउँ पुग्नुहुन्थ्यो । तर दुर्भाग्य, हाम्रो कार्यालयको फोन प्रायः सधैँ बिग्रेको हुन्थ्यो ।

ब्यारेकमा फोन गरेर ‘खबर पठाइदिनुस्’ भन्दा सैनिकले असमर्थता व्यक्त गर्दा रहेछन् । त्यसरी थुप्रै पटक उहाँका प्रयास विफल भएका रहेछन् जसले गर्दा मैले माघदेखि लगातार बमबहादुर, वीरबहादुरहरुको खोजी गर्दा साउन मध्यसम्ममा पनि तिनलाई पक्रन सकिनँ। सञ्चारको भरपर्दो साधन नभएका कारण यो अवधिमा ती दुई जनाले धेरै गैँडालाई आफ्नो सिकार बनाइसकेका थिए ।

क्रमश:

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics