पर्यटकका गतिविधिले जिवजन्तुलाई समस्या

फाइल फाेटाे


राष्ट्रिय निकुञ्जमा पर्यटकहरुले गर्ने विभिन्न गतिविधिले बन्यजन्तुका दैनिक गतिविधिमा असर परिरहेको देखिएको छ । त्रिभुवन विश्वविद्यालयकी सह प्राध्यापक रक्षा थापाले अनुसान्धान गर्ने क्रममा पर्यटकले फोटो खिच्दा तथा प्रदूषणका कारण जीवजन्तुलाई असर परेको पत्ता लागेको हो ।

अध्ययनकै क्रममा निकुञ्ज आसपासमा मानव र बन्यजन्तुबीच द्धन्द्ध बढेको उनको निष्कर्ष छ । वन्यजन्तु र मानव बिचको द्धन्द्धका कारण बाली विनाश, वासस्थानमा हानी, सम्पत्ति नोक्सानी सँगै विभिन्न समयमा मानवीय क्षति समेत हुँदै आइरहेको छ ।

विशेषगरी निकुञ्ज आसपासमा बसोबास गर्नेहरु यस समस्याबाट बढी पीडित हुने गरेका छन् । यस्ता विविध द्धन्द्धका कारण वन्यजन्तुको संरक्षणमा समेत समस्या उत्पन्न हुने गरेको थापाले बताइन् ।

नेपालमा निकुञ्ज भ्रमणबाट वर्षेनी लाखौँ आम्दानी हुने गरेको छ । नेपालमा पाइने जनावर हेर्नका लागी वर्षेनी लाखौँको संख्यामा पर्यटकहरु नेपालमा आउने गरेका छन् । यसले गर्दा सामाजिक, साँस्कृतिक र आर्थिक पक्ष समेत सबल भइरहेको छ । यद्यपी वन्यजन्तुसँग नजिक हुँदा यसले विभिन्न समयमा हानी पुर्याइरहेको प्रति चिन्ता व्यक्त गरेकी छन् ।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज वरीपरीका स्थानीय समुदाय, एकसिंगे गैंडा, बाघ तथा निकुञ्जमा पाइने स्तनधारी वन्यजन्तु र त्यहाँ आउने पर्यटक सँग अन्तर सम्बन्धित रहेर उनले अनुसन्धान गरेकी थिइन् ।

वन्यजन्तुको अंगको विश्वमा माग भएका कारण विभिन्न समयमा चोरी सिकारी भइरहेको छ । कहिलेकाहीँ बदलाको भावनाले पनि वन्यजन्तुको सिकार हुने गरेकोले निकुञ्जलाई वन्यजन्तु संरक्षण गर्न चुनौती रहेको थापाको निष्कर्ष छ ।

स्थानीय समुदाय, घुम्न आउने पर्यटकले वन्यजन्तुमा पर्ने असरको विस्तृत अध्ययन गरी बाघ र गैंडाको संरक्षणका लागी जनचेतना मूलक कार्यक्रमसहित संरक्षण अभियान चलाउनुपर्ने सुझाव अध्ययनले दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics