घैंटोले बदलेको जीवन

A+ A-

 

 

आजको रेडियो कार्यक्रममा समेटिएको स्थलगत रिपोर्ट

दैलेखको दुल्लु नगरपालिका वडा नं २ नाउले कटुवाल पुग्दा ६० वर्षिया देवीश्वारा थापा नातिको लुगा धुँदै थिइन् । बिहानभरिको समय खर्चेर पानी थाप्न जानुपर्ने उनको दिनचर्या फेरिएको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालय, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग(डिएफआइडि)र युरोपीयन युनियनको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम –एनसिसिएसपी) ले आकाशे पानी भण्डारण गर्ने घैँटो बनाइदिएपछि घरधन्दा, चौपाय, चर्पी र चिस्यान बनाइ तरकारी खेती गर्न पाएको हामीलाई सुनाइन् ।

देवीश्वारा थापा

पछिल्लो समयमा देवीश्वराको घर नजिकका धेरै पानीको मुहान सुक्न थालेका छन् । गाउँमा खडेरीको समस्या बढ्दै गएको छ । जसका कारण पिउने पानीदेखि, दैनिक आवश्यकतामा चाहिने पानी जुटाउन उनीहरूलाई हम्मे हम्मे थियो । तर घैंटो बनेपछि भने उनको समय पनि बचत भएको छ । खेतीबाली पनि फष्टाएका छन् अनि अरू दैनिक कामकाजका लागि पनि सहज भएको छ ।

एक घण्टाको बाटो हिँडेर डोकोमा गाग्री बोकी पानी नल्याए खान पाइन्नथ्यो । अझ नुहाउन र लुगा धुन पर्‍यो भने दिनै धारामा बित्थ्यो । सकी नसकि पानी ल्यायो,सकिएपछि फेरि कुद्नुपथ्र्यो । अहिले घरैमा घैंटो बनेपछि ती दिन कथा जस्तो लाग्छ उनलाई ।

घर जहानको दुःख सम्झिँदा ६३ वर्षीय श्रीमान् नवराज थापा पनि भक्कानिन्छन् । समय खेर त जान्थ्यो नै, खाना बनाउन समेत ढिलो हुन्थ्यो ।

हिँउदयाम लागेपछि यी दम्पतीको घरमा पानीको खडेरी चल्थ्यो तर अहिले पानीको प्रयोग हुने सबै कामका लागी घैंटोमा निर्भर छन् ।

६ सन्तानका धनी यी थापा दम्पतीको घरमा सबै आम्दानीका लागी भारत छिरेपछि एउटा सानो नाति र बुहारी बाहेक कोही छैनन् । बिरामी पर्दा रित्तो गाग्री हेर्नुको विकल्प थिएन तर अहिले बुढेसकालको साहारा घैंटो बनेको छ ।

उनको जस्तै वडा नं २ की २४ वर्षिया मोतिकला विकको घरमा पनि नेपाल जलवायु सहयोग कार्यक्रम (एनसिसिएसपी)ले घैंटो बनाइदिएको छ । पालो कुर्नुपर्यो भने एक गाग्री पानी ल्याउन डेढ घण्टा लाग्ने सम्झिँदै बिरामी पर्दा साह्रै अप्ठ्यारो पथ्र्यो उनी सुनाँउछिन् । दुई सन्तानकी आमा उनलाई मिस्त्री काम गर्ने श्रीमानकै भरमा घरव्यवहार धान्नुपर्ने हुँदा पानी ल्याइदिने कोही हुँदैनथे तर अहिले घैंटोले पानीमात्र दिएन , तरकारी खेती गर्न आड पनि दियो । घरवरीपरी उनले खुर्सानी रापेकी छिन् । पानी घैंटो खडेरीको साहारा भएकोमा उनी खुसी व्यक्त गर्छिन् ।

यी परिवारमा घैंटो बनेदेखि सबेरै उठ्नुपर्ने बाध्यता हटेको छ । पानीको हाहाकार नभएपछि सरसफाइमा समेत ध्यान पुर्‍याउन थालेका छन् । बच्चालाई सुग्घर बनाउन पाएका छन् ।

वर्षातमा अन्य मुहानको पानी धमिलो हुने हुँदा सफा पानी पिउनका निम्ति उनीहरू घैंटोलाइ प्रयोग गर्छन् साथै यसको ढकनी बन्द गनुपर्छ भन्नेमा चेतना पनि यो कार्यक्रमले जगाएको छ । ६ हजार लिटरको घैंटोको पानी हिँउदलाइ संचित गर्न वर्षातमा यसको कम प्रयोग गर्नुपर्छ भन्नेमा उनीहरू सचेत छन् ।

त्यसैले उनीहरू वर्षायाममा घैंटो भरेर हिउँदमा घैंटाको पानी प्रयोग गर्छन् । यसले  एकातिर हिँउदमा उनीहरूको पानीको आवश्यकता पुरा गरिरहेको छ भने अर्कोतिर जलवायू परिवर्तनका कारण खडेरी र सुख्खाले गाँउमा पानीका मुहान सुक्दै गएका छन् । उनीहरूसँग घैंटो बाहेकको विकल्प पनि छैन । यस्ले उपलब्ध श्रोतसाधनको उचित प्रयोग गरी जलवायू परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न र अनुकुलनको उत्तम विधिको रूपमा घैंटो कार्यक्रमले सहयोग पुर्याइरहेको छ ।

-->



जलवायु परिवर्तन, यसको प्रभाव र अनुकुलित वातावरण निर्माणको प्रयासमा जनसङ्ख्या तथा वातावरण मन्त्रालय र नेचर मिडिया नेटवर्कले तयार पारेको ‘जलवायु परिवर्तन अनुकुलन’ रेडियो कार्यक्रम यहाँहरुले हरेक सोमबार साँझ ७:२५ देखि ७:४० सम्म रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ । साथै नेचर खबर डट कमबाट पनि यहाँले यो कार्यक्रम चाहेको बेला सुन्न सक्नुहुनेछ । सुनाैँ कार्यक्रमकाे दाेश्राे भाग:

 



 

 

आजको रेडियो कार्यक्रममा समेटिएको स्थलगत रिपोर्ट


दैलेखको दुल्लु नगरपालिका वडा नं २ नाउले कटुवाल पुग्दा ६० वर्षिया देवीश्वारा थापा नातिको लुगा धुँदै थिइन् । बिहानभरिको समय खर्चेर पानी थाप्न जानुपर्ने उनको दिनचर्या फेरिएको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालय, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग(डिएफआइडि)र युरोपीयन युनियनको आर्थिक सहयोग तथा युएनडिपीको प्राविधिक सहयोगमा सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम –एनसिसिएसपी) ले आकाशे पानी भण्डारण गर्ने घैँटो बनाइदिएपछि घरधन्दा, चौपाय, चर्पी र चिस्यान बनाइ तरकारी खेती गर्न पाएको हामीलाई सुनाइन् ।

देवीश्वारा थापा


पछिल्लो समयमा देवीश्वराको घर नजिकका धेरै पानीको मुहान सुक्न थालेका छन् । गाउँमा खडेरीको समस्या बढ्दै गएको छ । जसका कारण पिउने पानीदेखि, दैनिक आवश्यकतामा चाहिने पानी जुटाउन उनीहरूलाई हम्मे हम्मे थियो । तर घैंटो बनेपछि भने उनको समय पनि बचत भएको छ । खेतीबाली पनि फष्टाएका छन् अनि अरू दैनिक कामकाजका लागि पनि सहज भएको छ ।

एक घण्टाको बाटो हिँडेर डोकोमा गाग्री बोकी पानी नल्याए खान पाइन्नथ्यो । अझ नुहाउन र लुगा धुन पर्‍यो भने दिनै धारामा बित्थ्यो । सकी नसकि पानी ल्यायो,सकिएपछि फेरि कुद्नुपथ्र्यो । अहिले घरैमा घैंटो बनेपछि ती दिन कथा जस्तो लाग्छ उनलाई ।

घर जहानको दुःख सम्झिँदा ६३ वर्षीय श्रीमान् नवराज थापा पनि भक्कानिन्छन् । समय खेर त जान्थ्यो नै, खाना बनाउन समेत ढिलो हुन्थ्यो ।

हिँउदयाम लागेपछि यी दम्पतीको घरमा पानीको खडेरी चल्थ्यो तर अहिले पानीको प्रयोग हुने सबै कामका लागी घैंटोमा निर्भर छन् ।

६ सन्तानका धनी यी थापा दम्पतीको घरमा सबै आम्दानीका लागी भारत छिरेपछि एउटा सानो नाति र बुहारी बाहेक कोही छैनन् । बिरामी पर्दा रित्तो गाग्री हेर्नुको विकल्प थिएन तर अहिले बुढेसकालको साहारा घैंटो बनेको छ ।

उनको जस्तै वडा नं २ की २४ वर्षिया मोतिकला विकको घरमा पनि नेपाल जलवायु सहयोग कार्यक्रम (एनसिसिएसपी)ले घैंटो बनाइदिएको छ । पालो कुर्नुपर्यो भने एक गाग्री पानी ल्याउन डेढ घण्टा लाग्ने सम्झिँदै बिरामी पर्दा साह्रै अप्ठ्यारो पथ्र्यो उनी सुनाँउछिन् । दुई सन्तानकी आमा उनलाई मिस्त्री काम गर्ने श्रीमानकै भरमा घरव्यवहार धान्नुपर्ने हुँदा पानी ल्याइदिने कोही हुँदैनथे तर अहिले घैंटोले पानीमात्र दिएन , तरकारी खेती गर्न आड पनि दियो । घरवरीपरी उनले खुर्सानी रापेकी छिन् । पानी घैंटो खडेरीको साहारा भएकोमा उनी खुसी व्यक्त गर्छिन् ।

यी परिवारमा घैंटो बनेदेखि सबेरै उठ्नुपर्ने बाध्यता हटेको छ । पानीको हाहाकार नभएपछि सरसफाइमा समेत ध्यान पुर्‍याउन थालेका छन् । बच्चालाई सुग्घर बनाउन पाएका छन् ।

वर्षातमा अन्य मुहानको पानी धमिलो हुने हुँदा सफा पानी पिउनका निम्ति उनीहरू घैंटोलाइ प्रयोग गर्छन् साथै यसको ढकनी बन्द गनुपर्छ भन्नेमा चेतना पनि यो कार्यक्रमले जगाएको छ । ६ हजार लिटरको घैंटोको पानी हिँउदलाइ संचित गर्न वर्षातमा यसको कम प्रयोग गर्नुपर्छ भन्नेमा उनीहरू सचेत छन् ।

त्यसैले उनीहरू वर्षायाममा घैंटो भरेर हिउँदमा घैंटाको पानी प्रयोग गर्छन् । यसले  एकातिर हिँउदमा उनीहरूको पानीको आवश्यकता पुरा गरिरहेको छ भने अर्कोतिर जलवायू परिवर्तनका कारण खडेरी र सुख्खाले गाँउमा पानीका मुहान सुक्दै गएका छन् । उनीहरूसँग घैंटो बाहेकको विकल्प पनि छैन । यस्ले उपलब्ध श्रोतसाधनको उचित प्रयोग गरी जलवायू परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न र अनुकुलनको उत्तम विधिको रूपमा घैंटो कार्यक्रमले सहयोग पुर्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics