वन वातावरण क्षेत्रका पाण्डे सम्मानित



लामो समयदेखि वन र वातावरण क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएका तुलसिपुर उपमहानगरपालिकाका प्रमुख घननश्याम पाण्डेलाई शुक्रबार राजधानीमा सम्मान गरिएको छ ।



ग्रिन फाउनडेसन, यति मिडिया, अस्मिता नेपाल र एफोनले संयुक्त रुपमा पाण्डेलाई सम्मान गरेको हो । वनमाथी स्थानीयको अधिकार हुनुपर्ने मुद्दा स्थापित गर्नका लागि विश्वका ५० भन्दा वढि देश पुगिसकेका पाण्डे अहिले तुलसिपुर उपमहानगरपालिकाकाे प्रमुख भएका छन् ।



उनले राजनीतिक दल तथा नीति निर्मातासम्म पनि वन र वातावरणको मुद्दालाई एउटा जिवन्त मुद्दाका रुपमा उठाइरहे । यसैको निरन्तरता उनले विश्वभरीका सामुदायीक वनको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरे र नेपालको सिकाइ संसारभरी बांडे । अहिले पनि उनी सामुदायीक वनको विश्वव्यापी सञ्जालका संयोजक हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics