अनुदानको पहिलो किस्ताबाट १२ हजार आवास निर्माण हुँदै



राहत अनुदान बापत पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेसँगै भूकम्प प्रभावित जिल्लाका करिव १२ हजार पीडितले आवास निर्माण सुरु गरेका छन् ।

भूकम्प अति प्रभावित जिल्लाका ११ हजार ९ सय ८९ जनाले सरकारी अनुदानपछि पुर्ननिर्माण शुरु गरेको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना इकाईले जनाएको छ । सरकारको पछिल्लो तथ्याङक अनुसार नुवाकोटमा सवैभन्दा धेरै ३ हजार १ सय ६२ घर निर्माण गरिएका छन् भने ओखलढुङगामा सवैभन्दा कम ४ सय ६२ घर निर्माण सुरु गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु गोरखा लगायत सिन्धुपाल्चोक, दोलखा, धादिङ, काभ्रे, नुवाकोट लगायत ११ जिल्लामा ५० हजार रुपैयाँ अनुदान लिएर पीडितले घर निर्माण सुरु गरेको आयोजना इकाईले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics