‘पुर्व तयारी गरेर मात्र एकिकृत सहरी विकास कार्यक्रम अघि बढाउ’

तस्विर : रासस


आवश्यक पूर्व तयारी गरेर मात्रै बैदेशिक सहयोगमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रमलाई अुनमति दिन संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिले आवश्यक पूर्व तयारी पूरा गरेर मात्र कार्य सम्पादन प्रारम्भ गर्न र गराउन, व्यवहारिक एवं कार्यान्वयनयोग्य गुरु योजना बनाउन र जवाफदेहिता वहन गर्न एकीकृत सहरी विकास आयोजना प्रमुखहरु, सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको हो ।

समितिको आइतबार बसेको बैठकले एशियाली विकास वैंकको सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास कार्यक्रमको आवश्यक पूर्वाधारहरुको विकास सुस्त र लापरवाही भएको देखिएकाले राष्ट्रिय योजना आयोगका १ प्रतिनिधि, १ स्वतन्त्र पूर्वाधार विज्ञसहितको ५ सदस्यीय छानविन समिति गठन गरी १५ दिनभित्र कारवाही प्रक्रिय अघि बढाउन तथा सो प्रतिवेदन २० दिनभित्र उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरेको हो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics