अब गर्नेछ सर्वेलेन्स गाडीले तपाईकाे निगरानी



तपाईँले छेउमा ट्राफिक नदेखेर 'नो पार्कीङ' लेखेको ठाउँमा पार्कीङ गर्नुहुन्छ ? सडकमा लेन मिच्दै हुनुहुन्छ ? यदी यस्तो गर्नुहुन्छ भने अब नगर्नुहोस् । ट्राफिक प्रहरी नभएपनि तपाईँलाई क्यामेराले खिचिरहेको हुन्छ । काठमाडौंमा अब एक महिना भित्र दुईवटा ट्राफिक सर्वेलेन्स गाडी सञ्चालन हुँदैछ । यी गाडीले सडकको गतिविधि नियालीरहेका हुन्छन् ।

भौतिक तथा यातायत मन्त्रालय अन्तर्गत दिगो सहरी विकास कार्यालयले १५ दिन अगाडि यो गाडी ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको थियो । यसले ट्राफिक प्रहरी कार्यालय बग्गिखानाबाट निगरानी गर्छ । यो गाडीमा चारवटा क्यामेरा जडान गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए ।

सर्वेलेन्स गाडीको मद्यतले उपत्यकाको ट्राफिक व्यवस्था मजबुत हुने कार्यालयले जनाएको छ । प्रवक्ता मल्लले भने, 'सर्वेलेन्स गाडीको मद्यतले उपत्यकामा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन सक्छ ।'

ट्राफिक सर्वेलेन्स गाडीको क्यामराले टाढासम्म विभिन्न कोणबाट भिडियो दिन सक्छ । यो गाडी इन्डियन टाटा कम्पनि को हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics