खाना पकाउने ग्यासको मूल्य घट्यो



नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । बुधबार देखि लागू हुने गरी निगमले प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको जनाएको छ । यो सँगै अब ग्यासको मूल्य १३ सय २५ रुपैयाँ मात्र पर्ने भएको छ ।

यस अघि प्रतिसिलिण्डर उपभोक्ता मूल्य १३ सय ५० रुपैयाँ कायम रहेको थियो ।

अन्तराष्ट्रिय बजारमा आउने तेलको मूल्यमा आउने घटबढका आधारमा निगमले मूल्य समायोजन गर्दै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics