पानिमा भिजेरै पुन: मतदान

 

भरतपुर १९ का मतदाता बिहान सातबजेदेखि पानीमा भिजेरै मतदान गर्दै छन् । भरतपुरमा बिहानैदेखि पानी परेको छ । पानी परेकाले केही छाता ओडेर मतदानस्थलमा उभिएका छन् भने केही पानी रोकिएपछि मतदान गर्ने तयारी गरेका छन् ।

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतदाता गर्ने फैसला गरेसँगै शुक्रबार पुनः मतदान हुन लागेको हो ।

पहिलो चरण वैशाख ३१ गते चुनाव भएपनि मतपत्र च्यातिएपछि उत्पन्न विवाद सल्टाउँदै सर्वोच्च अदालतले दिएको आदेशअनुरूप पुनः मतदान हुन लागेको हो ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता छन् ।
जीवनज्योति आधारभूत विद्यालय केन्द्रमा १३०६, शारदा माविमा १२२३ र किरण माविमा १२४८ मतदाताले मतदान गर्दैछन् ।

चुनावी मैदानमा नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली छन् भने नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी मैदानमा छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics