जरायोलाई हृदयघात !

फाेटाे : सागर गिरी


हृदयघातले अल्पायुमै धेरै मानिसको मृत्यु भएको खबर त हामीले सुनेकै छौं । तर हृदयघातले वयस्क धेरै वन्यजन्तुको पनि मृत्यु हुने गरेको छ । यस्तै एउटा घटना चितवन इलाका वन कार्यालय पदमपुर क्षेत्रमा घटेको छ ।

२०७३ साल फागुन २६ गते चितवनमा ३ वर्षीय एउटा जरायोलाई हृदयघात भएको छ । चितवन राष्ट्रिय निकुञ्जको भेटनरी शाखाबाट गरिएको शव परीक्षणमा जरायो हृदयघातले मरेको पुष्टि भएको हो ।

स्थानीय बासिन्दाका अनुसार, जरायोलाई कुकुरले लखेटेको थियो । जरायो दौडिदा घाइतेसमेत भएको थियो । चितवन जिल्लाको इलाका वन कार्यालय पदमपूर क्षेत्रमा मृत अवस्थामा जरायो भेटिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा हृदयघातकै कारण वन्यजन्तु मरेको धेरै उदाहरण छैन । अन्य वन्यजन्तुको भने हृदयघात भएको घटना रेडर्कमा नभएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले आफूले पहिलो पटक हृदयघातले जनावर मरेको थाहा पाएको बताए । 'मेरो अनुभवमा हृदयघातबाट मरेको वन्यजन्तु यो नै पहिलो हो,' अर्यालले नेचर खबरसंग भने ।

वरिष्ठ पशु चिकित्सक कमल गैरेका अनुसार जरायोलाई कुकुर र मान्छेले लखेटेका कारण हृदयघात हुने जानकारी दिए । सामान्यतया यस्ता वन्यजन्तुहरु आत्तिएर दौडिदा तथा तर्सिदा हृदयघात हुन्छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics