जलवायु परिवर्तनको भयानक असर, हरेक वर्ष डेढ लाख मानिसको मृत्यु हुन सक्ने



युरोपमा यो शताब्दीको अन्त्यतिर हरेक वर्ष डेढ लाख मानिसहरुको मृत्यु मौसम सम्बन्धी प्रकोपबाट हुने एक अनुसन्धानले निष्कर्ष निकालेको छ ।

मौसम सम्बन्धी मृत्युको कारकमध्ये उष्ण लहरको प्रभावबाट ९९ प्रतिशतको मानिसको मृत्यु हुने युरोपेली आयोगका वैज्ञानिकहरुले बताएका छन् । विज्ञहरुका अनुसार दक्षिणी युरोपमा प्रकोपको प्रभाव बढी हुनेछ।

'द ल्यान्सेट प्लानेटरी हेल्थ' जर्नलमा छापिएको लेखमा भनिएको छ यो शताब्दिको अन्त्यतिर युरोपमा ५० गुणा मानिसहरु जलवायु परिवर्तनको समस्याले मर्नेछन् ।

अध्ययनका अनुसार प्रतिकूल मौसमका कारण हुने मृत्यु सन १९८१ देखि २०१० सम्म हरेक वर्ष तीन हजारका दरले बढ्दै जाने क्रम रहेकोमा सन २०७१ देखि २१०० सम्म त्यो संख्या १५२,००० पुग्नेछ।

हरित गृह ग्यास उत्सर्जन कम नगरिए मानिसहरुले अति प्रतिकूल मौसम भोग्नुपर्ने निश्चित रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics