जलवायु परिवर्तनका कारण ६० हजार किसानद्वारा आत्महत्या

आत्महत्या गरेका किसानको अस्थिपञ्जरसहित नयाँदिल्लीमा प्रदर्शन गर्दै


जलवायु परिवर्तनको असरले गर्दा झन्डै ६० हजार भारतीय किसानले पछिल्लो तीन दशकमा आत्महत्या गरेको एक अध्ययनले देखाएको छ ।

तापक्रम वृद्धि सँगै समाजमा जोखिम बढिरहेको छ । क्यालिफोर्नियाको बर्कली यूनिर्भसिटीले गरेको अध्ययन अनुसार दैनिक एक डिग्री सेल्सीयस तापक्रम वृद्धि हुँदा ६७ जनाले आत्महत्या गर्ने सम्भावना देखिएको छ ।

सोमबार प्रकाशित अध्ययन प्रतिवेदन अनुसार दैनिक पाँच डिग्री सेल्सियस तापक्रम बृद्धिहुँदा ३ सय ३५ को थप मृत्यु हुने उल्लेख छ ।

पछिल्लो ३० वर्षमा भारतमा कृषि क्षेत्रसम्बद्ध ५९ हजार तीन सयले आत्महत्या गरेका छन् ।

जलवायु परिवर्तनको असरले कृषि उद्योग घाटामा भएपछि तनाव भएर किसानहरूको आत्महत्या बढेको जनाइएको छ ।

अध्ययनकर्ता टम्मा कार्लेटनले गरेको अध्ययनका अनुसार राम्रो वर्षा भएको वर्ष भने आत्महत्या गर्ने किसानको सङ्ख्या पनि घटेको छ।

गार्डीयनबाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics