वातावरणलाई हानी पुर्‍याउने ग्यास उत्सर्जन बढ्दै



वातावरणको तापक्रम वृद्धि गर्ने ग्यास अत्याधिक उत्सर्जन भएपनि त्यसको कुनै पनि देशले सहि हिसाब पेश नगरेको एक अध्ययनले देखाएको छ ।

स्विजरल्याण्डमा रहेको वायु निगरानी केन्द्रले ईटालीबाट ठुलो मात्रामा वातावरणलाई हानी पुर्‍याउने ग्यास उत्सर्जन भएको जनाएको छ । बिभिन्न देशले देखाउने गरेको आंकडामा गडबडी रहेको बीबीसीले जनाएको छ ।

ईटालीले संयुक्त राष्ट्रसंघलाई बुझाएको प्रतिवेदनमा ग्यास उत्सर्जनको मात्रा अत्यन्त कम राखेको छ । चीन र भारतले प्रस्तुत गरेको प्रतिवेदनमा पनि न्युन मात्रामा ग्यास उत्सर्जन भएको आंकडा उल्लेख छ । सन् २०१५ मा १ सय ९५ देशले हरेक दुई वर्षमा आफुले उत्सर्जन गर्ने हरितगृह ग्यासको परिमाण प्रतिवेदन बुझाउनु पर्ने सम्झौता भएको थियो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics