वागमतीमा जलयात्राकाे १७ औं संस्करण



वागमतीमा जलयात्राकाे १७ औं संस्करण मनाइने भएकाे छ । आगामी भदाै ३ गते (शनिवार) नेपाल नदी संरक्षण संस्था र फेण्ड्स क्लब कुपण्डोलको संयुक्त आयोजनामा वागमती नदी महोत्सव २०७४—एकाईसौं शताव्दीको महोत्सव “महा जलजात्रा” को १७ औं संस्करण मनाइने भएको हाे ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा वागमती सफाई महाअभियान, नेपाल सरकार अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, साइकल सिटी नेटवर्क नेपाल, नेपाल एसोसिएसन् अफ र्याफिटिङ्ग एजेन्सिज् र हिमालयन रिभर गाईड एसोसिएसन नेपाल लगायत अन्य संघसंस्थाहरुको सहकार्यमा यो महोत्सव मनाउन लागिएको हो ।

वागमती नदीलाई संरक्षण गर्न र काठमाडौं वासीहरुको माझमा वागमती नदी र यसका सहायक नदीहरुको स्थितिको जानकारी प्रदान गर्न यो महोत्सवले सहयोग पुर्‍याउने हुँदा यस किसिको आयोजना आवश्यक रहेको आयोजकले संस्थाले जनाएको छ । वागमती सफाई गरी यस नदीमा माछा बाँच्न योग्य, पौडि खेल्न योग्य, पानी खान योग्य, तथा मृतकहरुको लागि शुद्ध जल तर्पण योग्य बनाउनु अभियानको मुख्य उद्येश्य रहेको छ ।

आगामी भदौ ३ मा हुने यो महोत्सवको उद्घाटन संस्कृतिविद् तथा वागमती सभ्यताका जीवन्त इतिहास सत्यमोहन जोशीले गर्ने भएका छन् । वाग्मती सफाइ महाअभियानको २२३ औँ हप्ता परेको हुँनाले २२३ वटा दियो प्रजोलन गरी वाग्मति अभियन्ताहरुद्वारा नदीमा अर्पण गरिने कार्यक्रम रहेको छ ।

साथै यस महोत्सवमा र्याफ्टिङ्ग (फ्रेण्डसिप फ्ल्ट, र्याफ्ट डेकोरेसन् च्यालेन्ज, स्कुल व्यापी चित्रकला प्रतियोगिता, वागमती किनार सरसफाई, हेरिटेज साइकल र्यालि, फुड तथा शैक्षिक स्टल, रिक्सा र घोड सवारी, चित्र र फोटो प्रदर्शनी, लाईभ कन्सर्ट (कुटुम्ब, क्रमशः, ओभर एन् आउट, ब्रडरहुड, हाउस अफ् होप आदी) तथा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना हुने भएका छन् ।

उक्त महोत्सवमा माननीय मन्त्रीहरुज्युहरु, संचारकर्मी, विद्यार्थी, स्थानीयहरु, अभियन्ताहरु, अधिकारकर्मी, वातावरण क्षेत्रमा कार्यरत संघसंस्थाहरु र व्यक्तित्वहरु, रिभर गाईड तथा अन्य विभिन्न व्यक्तिहरू गरी करिब ६००० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics