सडक सफा गर्दै काठमाडौंका मेयर



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार बिहान सडक सफा गरेका छन् । त्रिभुवन विमानस्थलको गोल्डेन गेटअगाडि हातमा बेल्चा लिएर उनले सडक सफा गरेका थिए । उनको साथमा उपमेयर हरिप्रभा खड्गी र प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल पनि सहभागि भएका थिए ।

महानगरले आयोजना गरेको क्लिन द सिटी सरसफाइ अभियान उद्घाटन गर्न मेयर, उपमेयर तथा महानगरका कर्मचारीहरु विमानस्थल पुगेका हुन् । ‘क्लिन द सिटी अभियान’ अन्तर्गत सांकेतिक रुपमा आफूले काठमाडौं महानगरपालिकालाई धुलो धुँवा मुक्त गर्ने कामको सुरुवात गरेको उनले बताए।

एकीकृत फौज परिचालन मोडल नाम दिइएको अभियानमा करिब ५ सय सहभागी भएको आयोजकले जनाएको छ । हातमा बेल्चा लिएर सफाइमा जुटेका मेयर शाक्यले सरसफाइको विधि परिवर्तन गर्दै जानुपर्ने बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics