सप्तकोसि नदीको बहाव उच्च, सतर्क रहन आग्रह



बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा भएसँगै कासि नदीको वहाव उच्च बनेको छ । त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा त्रास बढेको छ ।

वाग्मतीपूर्वका सबै खोला तथा नदी सप्तकोशी नदीमा आएर मिसिने हुँदा पूर्वी पहाडी क्षेत्रमा पर्ने वर्षा र आउने बाढी त्यस क्षेत्रका सबै खोला हुँदै सप्तकोशी नदीमा जम्मा हुन्छ ।

कन्काई, कोसि, कमला र बागमती नदीमा हाल वहाव उच्च रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान शााखाले जनाएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार शनिवारसम्म पानी निरन्तर परिराख्ने भएकाले शनिवार यी नदीहरुमा बाढीको उच्च जोखिम देखिएको छ ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics