देशभर दुर्लभ मौसम प्रणाली – ठुला बाढी पहिरोको अनुमान



पुरै तराईदेखि महाभारत सम्मको क्षेत्रमा भीषण पानी पर्ने दुर्लभ मौसमी अवस्था विकास भएको छ।मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरूमा विद्यमान रहेकोले अध्यधिक वर्षाको सम्भावना देखिएको छ ।
शनिवार पूर्वदेखि मध्य तराई चुरे क्षेत्रमा ठुलो पानी पर्ने अवस्था सृजना भइरहेको छ ।

शनिवार दिनभरि र आइतबारसम्मै पूर्वको झापा, ईलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, धनकुटा , मध्यको रौतहट, सर्लाही मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र पश्चिममा कञ्चनपुर, कैलाली, र बर्दीयामा वर्षाले विकराल रूप लिने अनुमान मौसमविद्हरुको छ ।

मुख्य रूपमा चुरे र महाभारतबाट प्रवाह हुने( मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउ खोला, बिनय खोला, अरुन खोला, तिनाउ, बाणगङ्गा, र पश्चिममा, मछेली, मोहना, बबई लगायतमा आजसांझसम्मै विशेष सावधानीको खाँचो बाढी पूर्वानुमान शाखाले औंल्याएको छ ।

सरकारले नदी किनार तथा आसपासका बस्ती खाली गरी टाढा रहन सबैमा अपिल पनि गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics