यसकारण भयो विनास निम्त्याउने वर्षा

 

शुक्रवारदेखि देशभरि ठुलो विपत्ति निम्त्याउने वर्षा भइरहेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मै वर्षाको परिणाम र प्रकृति अश्वभाविक छ । एकै घण्टामा एकसय मिलीमिटरभन्द बढी वर्षा भएको छ । मौसमविद्हरुका अनुसार, यो निकै दुर्लभ मौसमी गतिविधि हो ।


मनसुनका समयमा वर्षा हुनु सामान्य हो । तर छोटो समयमा धेरै वर्षा हुने क्रम भने केही अश्वभाविक छ । यसो हुनुको पछाडि भने मनसुनी प्रक्रियामा कमै हुने घटना भएको छ ।


यस पटक पनि नेपालको पूर्वी भागबाट संधै झै मनसुन प्रवेश गरी पश्चिमतर्फ अघि बढिरहेकै थियो । भारतको केराला हुँदै नेपाल प्रवेश गर्ने मनसुन सक्रिय हुने र नहुने बंगालको खाडीबाट आउने बाफ मिसिएको हावाले नै निर्धारण गर्छ । यो सँगै स्थानीय रूपमा विकास हुने मौसम प्रणालीका कारण पनि वर्षा हुन्छ ।


यस पटक पनि यही सामान्य प्रक्रियामा नै मौसम प्रक्रिया चलिरहेका बेला अरेबियन सी (अरब समुन्द्र) बाट पनि बाफ मिसिएको हावा नेपालतिर तानियो ।
मध्य नेपालमा रहेको न्यूनचापीय क्षेत्र (बाफ मिसिएको हावा आफूतिर तान्ने प्रणाली)  ले बंगालको खाडी र अरब समुन्द्रबाट पानी पार्ने प्रणाली आफूतिर तानेपछि वर्षाको स्वरूप बदलियो । मौसमविद् सुजन सुवेदीका अनुसार, अबर सागर र बंगलाको खाडीबाट आउने जलबाष्पको परिमाण  धेरै छ ।
"अबर समुन्द्र्बाट वायु मण्डलको माथिल्लो भाग र बंगालको खाडीबाट तल्लो भागहुदै जलबाष्प आइरहदा धेरै वर्षा भएको हो," सुवेदीले भने ।


वर्षा हुने क्रम सोमबारसम्म जारी रहने अनुमान मौसमविद्हरुको छ । सोमबारदेखि मात्रै पानी पर्ने क्रम घट्ने र मौसममा सुधार आउनेछ, जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । छोटो समयमा धेरै वर्षा हुनमा जलवायु परिवर्तन पनि एउटा मुख्य कारकको रूपमा रहेको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छ ।


जलवायु तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले पानी पर्ने क्रम अझै जारी रहेकाले सचेत हुन अनुरोध गरेको छ ।


शनिवार रातीदेखि आइतबारसम्मै पूर्वी र मध्य नेपालमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको छ । झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलरासी, रुपन्देही, कपिलवस्तु, कैलाली तथा कञ्चपुरका नदीमा बाढीको सम्भावना रहेकोले टाढै बस्न अनुरोध गरेको छ ।

 

 

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics