पश्चिमतिर सर्दै मनसुन, भारी वर्षा हुने संकेत



गत बुधबारदेखि सक्रिय बनेको मनसुनले शुक्रबार अस्वभाविक बन्दा देशका धेरै भुभागमा बाढी पहिरोको जोखिम बढीरहेको छ । बाढीले पुर्वी तराईका जिल्लाहरुमा सबैभन्दा बढी जनधनको क्षती पुर्याएको छ ।

आइतबारदेखि मनसुन मध्य र पश्चिम तराईमा केन्द्रित भएको मौसमविदहरुले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानैदेखि पश्चिमका भैरहवा, नवलपरासी, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरतिर मनसुन केन्द्रित भएको छ ।

पश्चिम तराईका केही जिल्लाहरुमा आज (आइतबार) भारी वर्षा हुने संकेत मौसमविदहरुले गरेका छन् ।

‘मध्य र पश्चिम तराईमा भने आज दिनभरिजसो वर्षा हुने देखिन्छ ।’ केही स्थानमा भारी वर्षा हुनसक्छ महाशाखाको मौसमिवद् समिर श्रेष्ठले नेचर खबरसँग भने । पुर्वतिर भने पानी पर्ने क्रम राेकिदै गइरहेकाे छ ।

शनिबार मध्य तराईको सिमरा, पश्चिमको दाङ, नेपालगञ्जलगायत क्षेत्रमा भारी वर्षा भएको थियो । महाशाखाका अनुसार सिमरामा २१७.२, नेपालगञ्जमा १६९.३ र दाङमा १६७.४ मिलिमिटर वर्षा भएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics