बाढी पीडितलाई निःशुल्क टेलिफोन सेवा



स्मार्ट टेलिकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निःशुल्क टेलफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलिकमले दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्ट देखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क लाग्दैन ।

यसै गरी बारा, पर्सा, रौतहट, चितवन,नवलपरासीलगायतका जिल्लाका ३० विभिन्न स्थानमा निःशुल्क टेलिफोन बुथसमेत राखेको छ । बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् । बाढी पहिरोका कारण टेलिफोन नेटवर्क नभएका स्थानमा सूचना आदान प्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्टले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics