पारिवारिक निजी वन किसानलाई क्षतीपूर्तीको माग

 

 

पारिवारिक निजी वन संघ नेपालले बाढी पहिरोबाट क्षति भएका निजी वन किसानकालागि क्षतिपुर्तिको माग गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूले खेतबारीमा लगाएका रुख बिरुवा बाढी पहिरोले बगाइदिएको र हुर्किसकेको रुख बिरुवा बाढीले लगेपछि लगानी डुबेको भन्दै निजी वन किसानहरूलाई क्षतिपूर्तीको व्यवस्था गर्न माग गरेको हो ।

खेतबारीमा लगाएको अन्य अन्नबाली तथा पशुधनसमेत नष्ट भएकोले सो को विवरण संकलन गरी किसानहरूलाई उचित राहत तथा क्षतीपूर्तीको व्यवस्था गर्न समेत सरकारसंग माग गरेको छ ।

संघले अहिलेको अवस्थामा सरकारी निकायहरूले बाढी पीडितलाई राहत तथा पुनस्थापनाका लागि गरिरहेको ढिलाइप्रति आपत्ति प्रकट गर्दै बाढी पीडितलाई राहत वितरणमा गरेको कडाइप्रति असहमत प्रकट गरेको छ ।

संघले पारिवारिक निजी वनहरुमा पर्न गएको क्षतिको विवरण संकलन गरी तत्काल पीडितहरुलाई राहत उपलब्ध गराउन अपिल गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics