झापाका बाढी पिडीतहरुमा भाइरल ज्वरोको प्रकोप

 

झापाका बाढी पिडीतहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । बाढीले डुबानमा परेका र विस्थापित भएकाहरूमा भाइरल ज्वरोको संक्रमण देखिएको हो ।

अव्यवस्थित बसोबास र स्वच्छ वातावरणको अभावमा बिरामी हुनेको संख्या बढ्दो छ । दूषित पानी सेवन र खोलाको पानीमा ओहोरदोहोरले गर्दा उनीहरूमा भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रहरुमा अहिले विभिन्न संस्थाहरुको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन् । कार्यालयका अनुसार भाइरल ज्वरो नियन्त्रणमै रहे पनि निमोनियाँ र रुघाखोकीका बिरामीलाई दिने औषधि पर्याप्तमात्रामा उपलब्ध नहुँदा समस्या भएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics