सिन्धुपाल्चोकको पिस्करमा पहिरोले तीन परिवार विस्थापीत, बस्ती जाेखिममा

 

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा पहिरो जाँदा तीन परिवार विस्थापीत भएका छन् । अविरल वर्षाको कारण राति दुई बजे झरेको पहिरोले तीन वटा घरमा क्ष्ति प्र्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रातको दुई बजे पहिरो झरेर पुरेपछि तत्कालै प्रहरीले उद्धारकार्य थालेको थियो ।

वर्षाका कारण पहिरो झरेपछि अहिले त्यो बस्ती नै जोखिममा परेको छ। रातको दुईबजे पहिरो झरेको थाहा पाउनासाथ भागेर ज्यान जोगाएकाले कसैको पनि मृत्यु भएको छैन ।

सिन्धुपाल्चोकको विकट पिस्करका थामीटोल, मुलाटोल ,खड्काटोल लगायतका स्थान पहिरोको जोखिममा छन् । बस्तीदेखि माथिल्लो भेगका जमिन पुरा भास्सिएर पहिरो झर्न थालेको छ । जमिन नै पु्रै भासिएर पहिरो झर्न थालेपछि स्थानीय चिन्तित बन्न थालेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics