बाढीमा बग्दै भारत पुगेकाे गैंडा नेपाल ल्याइयो

फाइल फाेटाे /  तस्विर : सागर गिरी


बाढीले बगाएर भारत पुर्याएको एकसिंगे गैंडा नेपाल ल्याइएको छ ।

गत साता आएको बाढीमा बग्दै भारतको बगाहामा पुगेको गैंडालाई विहिवार उद्धार गरी शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

बाढीले निकुञ्जबाट बगाएको गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा बगाहा भन्ने स्थानमा फेला पारिएको थियो ।

गैंडालाई शुक्रबार चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ। अर्यालले दिएको जानकारी अनुसार बाढीले पाँचवटा गैँडा बगाएको थियो । बाढीमा बग्दै दुईवटा भारतमा पुगेका थिए भने अन्य तीन ओटा गैंडा नवलपरासीको नर्सहीमा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा र बाल्मिकी आश्रममा भेटिएका छन् ।

भारतको बाल्मिकी आश्रम नजिक पुगेको अर्को गैंडा पनि ल्याउने तयारी भइरहेको अर्यालले जानकारी दिएका छन् ।

हालसम्म पहिचानभएकामध्ये बाढीमा बगेर एउटा गैंडा मृत भेटिएको छ भने चितवन राष्ट्रिय निकुञ्जमा मात्र एक रतुवा सहित पाँच चित्तल मृत अवस्थामा भेटिएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics