फेसबुकको नयाँ भिडियो प्लेटफर्म सार्वजनिक, युट्युवलाई टक्कर दिने दाबी



विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । उपभोक्ताको मागलाई मध्यजनजर गर्दै फेसबुकले उक्त भिडियो प्लेटफर्म सार्वजनिक गरेको हो । यो सुविधासँगै गुगलको युट्युबलाई फेसबुकले टक्कर दिने दाबी गरेको छ । सुरुमा सार्वजनिक गरेको फेसबुकको भिडियो प्लेटफर्म सानो समूहका लागि मात्र लक्षित थियो ।

यो भिडियो प्लेटफर्ममा नेट फ्लिक्स र अमेजनलाई समेत साझेदारीमा भिडियोको लागि ठाउँ उपलब्ध गराउने फेसबुकले जनाएको छ । यो प्लेटफर्ममा युट्युबमा जस्तै क्रिएटिभ भिडियो प्रोग्राम बनाउन सकिनेछ ।

फेसबुक एन्ड्रोइड र आईओएस एमा अहिले एउटा भिडियो ट्याब हुन्छ जसलाई यो नयाँ फिचरले विस्थापित गर्नेछ । नयाँ भिडियो प्लेटफर्म सार्वजनिक समारोहमा फेसबुकले प्रसिद्ध च्याननल नास डेलीको भिडियो समेत देखाएको थियो । अब फेसबुकले मिडिया पब्लिसर्सलाई समेत ठाउँ दिने जनाएको छ ।

फेसबुकले यो नया प्लेटफर्मको नाम वाच राखेको छ । यसको सिम्बोल एउटा धारिलो तरबार जस्तो छ । यो प्लेटफर्ममा भिडियो फिचर, एप्स तथा टीभी एप्ससमेत उपलब्ध गराइनेछ ।

फेसबुकले यो एप्सलाई अमेरिकामा परीक्षणका गर्न बताइएको छ । यसका लागि प्रयोगकर्ता आफैंले खिचेको सक्कली भिडियो राख्नुलपर्नेछ । फेसबुकले यसको लागि बजेटसमेत छुट्याउने तयारी गरेको छ । यसबाट के फाइदा हुन्छ भन्नेक प्रश्नकमा फेसबुकले भिडियोको वाचलिस्ट बनाउनेछ र पछि प्रयोगकर्तालाई हेरेको आधारमा रकम उपलब्ध गराउनेसमेत जनाएको छ ।

भिडियोलाई वर्गीकरणसमेत गरिने भएको छ । प्रयोगकर्ताले कुन भिडियो बढी हेर्न चाहन्छन् वा हेरिरहेका छन् भन्नेक पत्ता लगाउन यसले मद्दत गर्नेछ । फेसबुकको यो फिचर एसियाली मुलुकमा भने सन् २०१८ सम्ममा मात्रै उपलब्ध हुने अनुमान गरिएको छ । एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics