रुकुममा चारसय भन्दा बढी भाइरल ज्वरोको बिरामी

रुकुममा अहिले सम्म जिल्लाभर ४५० भन्दा बढिलाई भाइरल ज्वरोको प्रकोप देखापरेको छ ।

काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ खदी पुगेको चिकित्सकको टोलीले उक्त रोग भाइरल ज्वरो रहेको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय जानकारी दिएको हो ।

शनिबार साँझसम्म खदीमा मात्र २५० भन्दाबढी भाइरल ज्वरोका बिरामीको उपचार गरिएको छ भने जिल्ला अन्य विभिन्न स्वास्थ्य संस्थामा २०० भन्दाबढी बिरामीको उपचार भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमा आएको छ । अहिलेसम्मको जाँचबाट बिरामीमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics