बाढी प्रभावित क्षेत्रमा १५ सय स्वास्थ्यकर्मी परिचालीत


बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी गरी १५ सय स्वास्थ्ययकर्मी परिचालन गरेको छ । निजी स्तरबाट करिब ४५० जना स्वास्थ्यकर्मीहरु प्रत्यक्ष रुपमा खटेर बाढी पीडितको व्यवस्थापन गरिरहेको विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले केन्द्रीय स्तरमा स्वास्थ्य आपतकालीन संचालन केन्द ९एचईओसी० तथा विपद् व्यवस्थापन कमिटी ९डिएमसी० समेत गरी २२ जना, क्षेत्रीय स्तरमा ३८ जना र जिल्ला स्तरबाट ९४६ जनालाई खटाइएको छ ।

साथै विपद् व्यवस्थापनको लागि प्रहरी र नेपाली सेनाबाट समेत सहयाग भइरहेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics