बाढी पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४३ पुग्यो

देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय ४३ पुगेको छ ।

गृहमन्त्रालयको अनुसार बाढीबाट ३० जना बेपत्ता र ४३ जना घाइते भएका छन् ।

त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४४४ घरमा आंशिक क्षति पुगेको छ । बाढी, पहिरो तथा डुबानबाट प्रभावित जिल्लामा तीव्र गतिमा राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टर मार्फत धादिङ सदरमुकामबाट हिम्दुङ रुवीभ्यालीमा एक हजार २०० किलो राहत सामग्री पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ।

बाढी, पहिरो र डुबानबाट मृत्यु भएका परिवार वा आफन्तलाई मन्त्रिपरिषद्बाट निर्णय भए बमोजिम प्रति मृतक रु दुई लाख राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आज प्रभावित जिल्लाका जिल्ला दैवी प्रकोप उद्धार कोषमा रु नौ करोड ८५ लाख रकम निकासासमेत गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics