चिनमा शक्तिशाली आँधी, १२ को मृत्यु

तस्विर : एएफपी


दक्षिणी चीनमा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ । आँधीमा परि सयौं मानिस घाइते भएको बिबिसीले जनाएको छ ।

हाटो नामक आँधी बुधवार दिउँसो ग्वाङडुङ प्रान्तको जुखाइ शहरमा प्रवेश गरेको थियो।

शक्तिशाली समुद्री आँधीले वर्षा पनि निम्त्याएको छ। हंगकंगले आँधीसम्बन्धी जोखिमलाई सबैभन्दा उच्च अर्थात् १० औं तहमा पुर्‍याएको छ। उक्त भूभाग र नजिकै पर्ने मकाउमा आवतजावत ठप्प भएको छ।

आँधीका कारण बिजुली आपूर्ति पनि बन्द भएको बताइएको छ।
चिनियाँ सञ्चारमाध्यहरुका अनुसार मुख्य भूभागबाट २७,००० मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics