पर्सिसम्म नदीमा खतरा छैन



शुक्रवार बेलुकाससम्म देशका कुनै पनि नदीमा बाढीको खतरा नरहेको जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान शाखाले जनाएको छ । कुनै पनि ठुला नदीहरूमा बाढीको सम्भावना नरहेकाले नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरू सामान्य सतर्कताका साथ गर्न सकिने शाखाले जानकारी दिएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका केही भूभागमा सामान्य वर्षा हनेछ । हल्का मात्र वर्षाको सम्भावना रहेकाले कतै बाढीको जोखिम नरहेको मौसम विदहरुको भनाइ छ ।

यद्यपि मनसुनी समय भएकाले पानीबाट जोगिन छाता रेनकोट लगायतका सामान भने बोकेर हिँड्न महाशाखाले अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics